सुनको मुल्यमा गिरावट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ९, २०७७
|
|
१७ पटक हेरिएको
Shares
सुनको मुल्यमा गिरावट

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
  • शुक्रबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।
  • आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मुल्य ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । हिजो ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदी तोलामा १५ रुपैयाँले घटेर शुक्रबार १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर १२७५ रुपैयाँका खरिद बिक्रि भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?