सवारी दुर्घटनामा टर्कीमा छ जनाको मृत्यु, ३६ घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २२, २०७९
|
|
२२ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा टर्कीमा छ जनाको मृत्यु, ३६ घाइते

सारांश

  • अङ्कारा ।
  • टर्कीको पश्चिमी प्रान्त अफ्योनकाराहिसारमा आइतबार भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य ३६ जना घाइते भएका छन् ।
  • डेमिरोरेन समाचार एजेन्सीका अनुसार दिनार जिल्लाको काराबेदिर गाउँमा चालकले बसमाथि नियन्त्रण गुमाउँदा सो यात्रुवाहक बस पल्टिएको हो ।

अङ्कारा । टर्कीको पश्चिमी प्रान्त अफ्योनकाराहिसारमा आइतबार भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य ३६ जना घाइते भएका छन् ।

डेमिरोरेन समाचार एजेन्सीका अनुसार दिनार जिल्लाको काराबेदिर गाउँमा चालकले बसमाथि नियन्त्रण गुमाउँदा सो यात्रुवाहक बस पल्टिएको हो ।

उक्त बस दक्षिणपूर्वी प्रान्त दियारबाकिरबाट दक्षिणपश्चिमी प्रान्त मुग्लाको बोडरम जिल्लातर्फ जाँदै गरेको थियो ।
दुर्घटनापछि उद्धार टोली घटनास्थलतर्फ पठाइएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?