रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
सारांश
- अहिले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलर पुगेको छ ।
- रुस-युक्रेन युद्धले तेलको मूल्य यो हदसम्म बढेको हो ।
- युक्रेन संकट भएपनि रुसी कच्चा तेलमा प्रतिबन्ध लागिसकेको छैन ।
अहिले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलर पुगेको छ । रुस-युक्रेन युद्धले तेलको मूल्य यो हदसम्म बढेको हो । युक्रेन संकट भएपनि रुसी कच्चा तेलमा प्रतिबन्ध लागिसकेको छैन ।
रुसी तेलमा प्रतिबन्ध लागेमा नेपालमा ठूलो असर पर्न सक्छ । भारतले रुसबाट पनि तेल आयात गर्दछ । नेपालले भारतको इन्डियन आयल कर्पोरेशनबाट तेल खरिद गर्दछ ।
अहिले नेपाल आयल निगमले प्रति लिटर पेट्रोल १५० रुपैयाँले विक्री गर्दा पनि १६ रुपैयाँ प्रति लिटर घाटा रहेको जनाएको छ । १०० डलर प्रति ब्यारल पुग्दाको यो घाटा हो ।
प्रति ब्यारल १५० डलर पुगेमा आयल निगमले कम्तिमा पनि प्रति लिटर २०० रुपैयाँले बेच्नुपर्ने हुन्छ या त प्रति लिटर ५० रुपैयाँभन्दा बढी घाटा व्यहोर्नुपर्ने हुन्छ ।
सरकारले पेट्रोलियम पद्धार्थमा लिदै आएको विभिन्न कर मिनाहा गर्दा पनि पेट्रोलको मूल्य १५० भन्दा कमले बेच्न नसक्ने अवस्था बन्ने स्थिति निर्माण हुन लागेको छ ।

प्रतिक्रिया