आज आयुर्वेदका प्रवर्तक धन्वन्तरीलाई सम्झने दिन

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
३० पटक हेरिएको
Shares
आज आयुर्वेदका प्रवर्तक धन्वन्तरीलाई सम्झने दिन

सारांश

  • काठमाडौं ।
  • आज धन्वन्तरी दिवस ।
  • प्राचिनकालमा कुनै औषधि बनेका थिएनन् ।

काठमाडौं । आज धन्वन्तरी दिवस । प्राचिनकालमा कुनै औषधि बनेका थिएनन् । रोग लागेमा वन जंगलमा पाइने जडीबुटीलाई औषधि बनाइन्थ्यो । जडीबुटीको औषधि बनाउने चिकित्सा क्षेत्रका संस्थापक धन्वन्तरीलाई मानिन्छ । उनको सम्झनामा आज धनवन्तरी दिवस मनाउने चलन छ । 

प्राचीन वैदिक चिकित्सा पद्धति मार्फत जडीबुटीका आयुर्वेदका प्रवर्तक धन्वन्तरी उत्पत्नि भएको सम्झनामा दिवस मनाउने चलन छ । आजका दिनलाई आयुर्वेदका चिकित्सकले शुभकार्य शुरु गर्ने अवसरका रुपमा लिन्छन् ।

१९७४ सालमा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।

धन्वन्तरीको उत्पत्ति पौराणिक किंवदन्ती समेत जोडिएको छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोग लगोका व्यक्तिको रोग निको बनाउन कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरी उत्पत्ति भएको वैदिक हिन्दूशास्त्रमा उल्लेख छ ।

आयुर्वेद क्षेत्रका २०५६ सालदेखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।

त्यसैगरी, कात्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतेरससमेत भनिने आजका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाउरेले फेला पारे रक्सीको बोतलभित्र सुरक्षित ५० वर्ष पुरानो पत्र
दाउरेले फेला पारे रक्सीको बोतलभित्र सुरक्षित ५० वर्ष पुरानो पत्र
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
बौद्धमा आमाछोरी मृत फेला
बौद्धमा आमाछोरी मृत फेला
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा बेल्जियमका नयाँ प्रधानमन्त्रीलाई शुभकामना
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा बेल्जियमका नयाँ प्रधानमन्त्रीलाई शुभकामना
राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने
देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने
रवि लामिछानेले गरे भ्रामक समाचार नबेचन अपील ।
रवि लामिछानेले गरे भ्रामक समाचार नबेचन अपील ।
काठमाडौँ- ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
काठमाडौँ- ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
सहमति नभए एमालेले भोटिङबाट मुख्यमन्त्री छान्ने

तपाईंले छुटाउनुभयो कि?