विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ

सारांश

  • कञ्चनपुर ।
  • कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् ।

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा राखी अनुसन्धानको कार्य शुरु गरेको छ ।

पक्राउ परेकाले प्रारम्भिक बयानका क्रममा मृतकको कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो ।

चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए । विद्यालयबाटै बेपत्ता भएका विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि बुधबार राति ८ बजे प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?