पानी चुहावट भएको हप्तौँसम्म हुँदैन मर्मत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
३३ पटक हेरिएको
Shares
पानी चुहावट भएको हप्तौँसम्म हुँदैन मर्मत

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा हप्तौँदेखि चुहावट भइरहेको खानेपानीको पाइप मर्मत हुन सकेको छैन ।
  • सडकमा चुहावट भएको खानेपानीको पाइप मर्मत नहुँदा राजधानीको मुख्य सहरी क्षेत्रमा बसोबस गर्नेले भने पिउनसमेत पानी पाएका छैनन् ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा हप्तौँदेखि चुहावट भइरहेको खानेपानीको पाइप मर्मत हुन सकेको छैन ।

सडकमा चुहावट भएको खानेपानीको पाइप मर्मत नहुँदा राजधानीको मुख्य सहरी क्षेत्रमा बसोबस गर्नेले भने पिउनसमेत पानी पाएका छैनन् । जमलको नेपाल चेम्बर अफ कमर्स र नबिल बैंकअघि पाइप फुटेर पानी बगिरहेको छ तर सरोकार भएका निकायले बनाउन ध्यान नदिएको महानगरपालिका–२७ का अध्यक्ष गोगेशकुमार खड्गीले जानकारी दिए ।

मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौँवासी भने धारामा हावामात्र आउने गरेको गुनासो गर्छन् । खानेपानीको पाइप ठाउँठाउँमा चुहावट भएका कारण पनि राजधानीवासीको घरको धारामा पानी पुग्न सकेको छैन । खानेपानी समस्याका बारेमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई जति पटक भने पनि समस्या समाधान नभएको वडा अध्यक्ष खड्गीको गुनासो छ ।

वडाको भम्लुटोल र त्यौडस्थित तरकारी बजार चोकमा पानी नआउने गरेको उनले सुनाए । राजधानीको मुख्य सहर महाँकालचौर शाखाको पानी आउने अन्तिम बिन्दु हो । अन्तिम बिन्दु भएकाले पनि यहाँ पानी आइपुग्न गाह्रो छ । विगतमा महाराजगञ्ज शाखाबाट पनि मुख्य सहरी क्षेत्रमा पानीको पाइप ल्याइएको थियो । डेढ दशकअघिदेखि महाराजगञ्ज शाखाको पाइपबाट पानी बन्द गरिएको छ । दुईतिरबाट पानी छोड्दा दबाबले पानी आउने गरे पनि महाराजगञ्जको पानी बन्द गरेपछि खानेपानीको समस्या भोग्न मुख्य सहरी क्षेत्रका स्थानीयवासी बाध्य छन् ।

महाँकालचौर शाखाको ट्याङ्कीमा सात फिटभन्दा माथि पानी भए मुख्य सहरी क्षेत्रमा पानी आउँछ । सात फिटभन्दा तल पानी भएका बेला पानी खोले यस क्षेत्रमा पानी आउँदैन । सानो गौचरणको सरकारी धारामा पनि सात फिटभन्दा तल पानी हुँदा पानी झर्दैन । सानो गौचरणको सरकारी धारामा पानी आएपछि मुख्य सहरी क्षेत्रमा पानी पुगेको मान्नुपर्ने मानक पहिलेदेखि नै निर्धारण भएको छ ।

मुख्य सहरी क्षेत्रस्थित रत्नपार्क र विष्णुमती नदी किनारको दमैचाघाट क्षेत्रमा डिप ट्युववेल खनेको छ । यहाँबाट आएको पानी पिउनयोग्य छैन । महानगरपालिका–१९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ ट्युववेलको पानी पिउन योग्य छैन भनी विज्ञहरूले सुझाव दिएको बताउँछन्। यसका लागि केयुकेएलले लाखौँ बजेट खर्च गरेको छ तर यो पानी फिल्टर प्लान्ट राखेर प्रशोधन नगर्दा घरायसी प्रयोजनका लागि मात्र प्रयोग भइरहेको छ ।

दमैचाघाटको पानी घरायसी प्रयोग गरेमा क्यान्सर लाग्छ भन्ने विज्ञको सुझावलाई लत्याउँदै अहिले त्यसैको प्रयोग भइरहेको वडा नं १९ का सदस्य चन्द्रमान डङ्गोलले बताए । खानेपानी र डिप ट्युववेलबाट निकालिएको पानी एउटै पाइपबाट हालिँदा मिसिएर स्वास्थ्यमा समस्या हुने गरेको गुनासो पनि उनले गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !
रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !
अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन
अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन
प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त
प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
बैतडीका ५० वडा सचिवविहिन
बैतडीका ५० वडा सचिवविहिन
श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै
नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
खोलाले बगाएर वडा सदस्यको मृत्यु
खोलाले बगाएर वडा सदस्यको मृत्यु
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी

तपाईंले छुटाउनुभयो कि?