बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७४
|
|
४१ पटक हेरिएको
Shares
बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु

सारांश

  • रौतहट ।
  • लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ ।
  • प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो ।

रौतहट । लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ ।

प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए ।
मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको स्थानीय आरजु आलमले बताए ।

चार दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ । २०५० सालमा आएको बाढी भन्दा पनि ठूलो यस पटकको बाढीले जिल्लाका सबै गाँउपालिका र तिनवटै नगरपालिका लाई जलमग्न बनाएको छ ।

झाँझ, बागमती, लाल बकैया र चादी नदीमा आएको बाढीले गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत डुबानमा परेको छ ।

गएराति गरुडा र सदरमुकाम गौरमा बाढीको पानी पसेको छ । गौरको मुख्य सडकमा ४ फिटसम्म पानी रहेको छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी युनिट समेत डुबानमा परेका छन् ।

आधा दर्जन स्थानमा तटबन्ध भत्कियो

लालबकैया नदीको बहाव उच्चबिन्दुमा पुगेपछि करुनिया र देवाहीसहित आधा दर्जन स्थानमा तटबन्ध भत्किएको छ । गौर चन्द्रनिगाहपुर सडकखण्डको सखुअवामा समेत बाढीले १० मिटर सडक कटान गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

शनिबार बाँध भत्किएपछि आएको बाढी देवाही वडा नंं ८ को एक घरमा २०० जना भन्दा बढी स्थानीयलाई अझैसम्म पनि उद्धार गर्न सकिएको छैन । उनीहरुलाई सुरक्षित स्थानमा लैजान अप्ठ्यारो भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।
यस्तै परोहा गाउँपालिका स्थित करुनिया गाउँ नजिक रहेको लाल बकैया नदीको पूर्वी बाँध आज दिउसो भत्किदा त्यस भेगको अवस्था पनि कष्टकर बनेको छ । गौर गंगापिपरा सड्क खण्डको दुर्गा भगवती गाउँपालिकाको सडक बाढीका कारण गए राति देखिनै अवरुद्ध भएको छ भने मत्सरी, पचरुखी, सरुअठा, गंगापिपरा, भलोहिया, बडहर्वा लगायतका गाउँहरुमा बाढीको पानीबाट एक सय भन्दा बढि घर डुवानमा परेका छन । परोहा गाउँपालिकाकै बसन्तपटी, इनरवारी, इशनाथ गाउँपालिकाको बन्जरहा, औरैया, बैरिया, राजपुर, बौधीमाई, गुजरा, माधवनारायण, गढिमाई, वृन्दाबन, विजयपुर, कटहरिया सहित गरुडा नगरपालिकाको सबै वडा, चन्द्रपुर नपाको केही वडा सबै क्षेत्र डुवानमा परेको छ । गौर चन्द्रनिगाहपुर र पूर्व पश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बाढीका कारण बन्द भएको छ ।

बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको डुंगा सहितका पौडीबाज टोली जिल्लाका विभिन्न स्थानमा पठाइए पनि पर्याप्त भएको छैन ।

अनलाइनखबर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगियो
प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगियो
सामाजिक सञ्जाल प्रयोग गर्दा हाेशियार, जेल जानुपर्ला!
सामाजिक सञ्जाल प्रयोग गर्दा हाेशियार, जेल जानुपर्ला!
कर्मचारीको स्वार्थमा हुने अनियमित विदेश भ्रमणमा प्रधानमन्त्री ओलीले गरे यस्तो प्रहार
पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने
पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज पनि हेर्न नभ्याइनेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दा
आज पनि हेर्न नभ्याइनेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दा
कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो
कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर मनाइँदै
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर मनाइँदै
काठमाडौं १ बाट प्रकाशमान विजयी, रवीन्द्र मिश्र पराजित !

तपाईंले छुटाउनुभयो कि?