उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ९, २०७७
|
|
३२ पटक हेरिएको
Shares
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो

सारांश

  • उदयपुर  : कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि संकलन गरिएकामध्ये ८ जनाको रिर्पोट शंकास्पद देखिपछि थप परीक्षणका लागि धरान पठाइएको छ ।
  • प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.
  • जयवेन्द्र यादवको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले बैशाख ६ गते संकलन गरेको ६९ जनामध्ये ८ जनामा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।

उदयपुर  : कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि संकलन गरिएकामध्ये ८ जनाको रिर्पोट शंकास्पद देखिपछि थप परीक्षणका लागि धरान पठाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले बैशाख ६ गते संकलन गरेको ६९ जनामध्ये ८ जनामा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।

विराटनगरस्थित पीसीआर ल्याबमा ८ जनाको परीक्षण रिर्पोट शंकास्पद आएपछि उनीहरुलाई थप परीक्षणका लागि मंगलबार करिब ११ बजे एम्बुलेन्सबाट धरान पठाइएको हो । स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले मन्त्रालयबाट थप परीक्षणका लागि पठाउन आदेश भएपछि उनीहरुलाई एम्बुलेन्सबाट पठाएको पुष्टि गरे ।

उनले भने, 'थप कुरा मलाइ नै थाहा भएन, मात्र तत्काल पठाउन आदेश भयो, त्यहीँ अनुसार पठाए ।' बैशाख ५ गते त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेपाली सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकको टोलीले छुट्टा-छुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको थियो ।

संकलन गरेका स्वाब सबैका रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिए । मस्जिदमा आएका १२ भारतीय र ४ नेपाली गरी १६ जनामध्ये ११ भारतीय र २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पुष्टि भएका १३ जनालाई नै विराटनगरस्थित कोरोना उपचार केन्द्रमा भर्ना गरिएको

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
पूर्व डिआइजी कोइराला सम्बन्धी पूनरावलोकन निवेदनमा आज सुनुवाई हुने
पूर्व डिआइजी कोइराला सम्बन्धी पूनरावलोकन निवेदनमा आज सुनुवाई हुने
प्रदेश नम्बर २ को स्थानीय तह चुनावका लागि आजदेखि आचरसंहिता लागु
प्रदेश नम्बर २ को स्थानीय तह चुनावका लागि आजदेखि आचरसंहिता लागु
सुर्खेत विमानस्थल विस्तारको तयारी
सुर्खेत विमानस्थल विस्तारको तयारी
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
मन्त्रि पण्डित कपिलवस्तु आउदै , तयारी पुरा
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
सोलुदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरी बनाउन नगरबासी एकजुट
सोलुदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरी बनाउन नगरबासी एकजुट