रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !

सारांश

  • काठमाडौँ: भारतले आफ्नै लगानीमा वीरगन्जस्थित रक्सौल नाका हुँदै काठमाडौँसम्म विद्‍युतीय रेल बनाउने कुरामा सहमति जनाएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा शनिबार दुई देशबीच नेपालको राजधानी काठमाडौँसम्म विद्युतीय रेल लाइन निर्माण गर्ने समझदारीमा हस्ताक्षर भएको हो ।
  • नेपालमा रेललाइन बिस्तारसम्बन्धी दुई देशबीचको संयुक्त विज्ञप्तीमा भारतीय आर्थिक सहयोगमै नेपालको राजधानीसम्म रेललाइन विस्तार गर्ने उल्लेख गरिएको छ ।

काठमाडौँ: भारतले आफ्नै लगानीमा वीरगन्जस्थित रक्सौल नाका हुँदै काठमाडौँसम्म विद्‍युतीय रेल बनाउने कुरामा सहमति जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा शनिबार दुई देशबीच नेपालको राजधानी काठमाडौँसम्म विद्युतीय रेल लाइन निर्माण गर्ने समझदारीमा हस्ताक्षर भएको हो ।

नेपालमा रेललाइन बिस्तारसम्बन्धी दुई देशबीचको संयुक्त विज्ञप्तीमा भारतीय आर्थिक सहयोगमै नेपालको राजधानीसम्म रेललाइन विस्तार गर्ने उल्लेख गरिएको छ ।

‘भारत र नेपालबीच प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा काठमाडौँसम्म नयाँ विद्युतीय रेल लाइन विस्तारका लागि समझदारी भएको छ । यो रेल लाइन निर्माणका लागि भारतले आर्थिक सहयोग गर्नेछ’, संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘यो रेल लाइन निर्माणका लागि दुई देशबीच समझदारी भएको छ । यो रेल लाइनको सर्भे भारत सरकारले नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्रमा पुरा गरिनेछ । ‘

सर्भे पुरा भएपछि दुई देशबीच यो रेल लाइनमा गरिने लगानीको मोडालिटी र परियोजना प्रतिवेदन तयार गरिने भएको छ । ‘यो रेल लाइन चाँडो भन्दा चाँडो निर्माण पुरा गर्नका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्भे पनि चाँडै सक्ने पुरा सहयोग गर्ने बचन दिनुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

दुई देशले जनस्तरमा रहेको सम्बन्धलाई अझ मजबुत बनाउने माध्यमका रुपमा रेललाई लाइनलाई लिँदै यसलाई चाँडो भन्दा चाँडो निर्माण गरिसक्ने समझदारी पनि गरेका छन् ।

दुई देशका प्रधानमन्त्रीबीच पहिलो चरणमा जारी नेपाल-भारत क्रस बोर्डर रेल लिङ्क निर्माणलाई पनि तीब्र बनाउने सहमति भएको छ । जसअनुसार जनकपुर-जयनगर रेल्वे लाइन र जोगबनी-बिराटनगर भन्सार यार्डलाई २०१८ भित्रमै सञ्चालमा ल्याइसक्ने सहमति भएको छ।

त्यसैगरी हाल निर्माणको चरणमा रहेका जयनगर-बिजलपुरा-बर्दिबास र जोगबानी-बिराटगर रेललाइनलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्ने सहमति दुई देशले गरेका छन् । त्यसैगरी नेपाली पक्षले रेल लाइन विस्तार क्रममा देखिएका जग्गाका समस्या र स्थानीयको अवरोधलाई पनि तत्काल समाधान गर्ने बचन दिएको छ ।

दुई प्रधानमन्त्रीबीच नेपालमा भारतीय सहयोगमा जारी क्रस बोर्डर रेल लाइन विस्तार र अन्य विकास निर्माणका अन्य कामलाई तीब्र बनाउन भारत-नेपाल स‌ंयुक्त कार्य समूहको बैठक पनि नियमित गर्ने सहमति भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    दिल लामा

    kaile hunxa oli jyu ko sapana pura kaile jin rel kaile varat rel kaile malaysia rel kaile caina rel yara yo dherai janta lai tamasa nadikhaunu hola oli jyu tara tabai le vot magne belama jai jin ko nam liyera tara vot jitnu vayo aile cai varat ko paxi kina hundai lakdai xau oli jyu hawa bata bijuli nikalxu vannu vayo oli

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?