पूर्व सांसद एवं कांग्रेस नेता घलेको निधनप्रति दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
३२ पटक हेरिएको
Shares
पूर्व सांसद एवं कांग्रेस नेता घलेको निधनप्रति दुःख व्यक्त

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वसांसद कर्मा घलेको निधनप्रति दुःख व्यक्त गरेको छ ।
  • कांग्रेस मनाङका महासमिति सदस्य घलेको आज दिउँसो उपचारको क्रममा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५९ वर्षको उमेरमा निधन भएको हो ।

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वसांसद कर्मा घलेको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस मनाङका महासमिति सदस्य घलेको आज दिउँसो उपचारको क्रममा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५९ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनप्रति कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज शोक विज्ञप्तिमार्फत उनको असामयिक गरेका छन् । नेता घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए

स्व घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य थिए । नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सदैव सक्रिय भूमिका निर्वाह गर्दै आएका नेता घले शालिन एवं सरल व्यक्तिको रुपमा परिचित थिए ।

उनी कांग्रेसको विभिन्न तहमा रहेर पार्टी सङ्गठन, विस्तार एवं सुदृढीकरणमा सदैव क्रियाशील रहँदै आएको पार्टी कार्यालयले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीको समयमा उनले नेपाल सरकारलाई करिब सवा करोड बराबरको स्यानिटाइजर सहयोग उपलब्ध गराएका थिए । नेता घलेको निधनले कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
Female suspect dead, several hurt in YouTube shooting ! apparently committed suicide !
Female suspect dead, several hurt in YouTube shooting ! apparently committed suicide !
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’
नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’
आईपीएल : वर्षा प्रभावित ५–५ ओभरमा खेलाइएको खेलमा डिभिलियर्सको छक्काको वर्षात
आईपीएल : वर्षा प्रभावित ५–५ ओभरमा खेलाइएको खेलमा डिभिलियर्सको छक्काको वर्षात
देशमा मन्त्रीको संख्या १०० पुग्देै, कसरी धान्ला राज्यले !
४० देखी ४५ लाख रुपैयाँ बराबरको सुन सहित २ जना पक्राउ !
४० देखी ४५ लाख रुपैयाँ बराबरको सुन सहित २ जना पक्राउ !
लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
गण्डकी प्रदेशः वैकल्पिक सरकार गठनका लागि आज ३ बजेसम्मको समय सीमा
गण्डकी प्रदेशः वैकल्पिक सरकार गठनका लागि आज ३ बजेसम्मको समय सीमा
पार्टी जोगाउन महासचिव पोखरेलको आह्वान

तपाईंले छुटाउनुभयो कि?