४० देखी ४५ लाख रुपैयाँ बराबरको सुन सहित २ जना पक्राउ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
३० पटक हेरिएको
Shares
४० देखी ४५ लाख रुपैयाँ बराबरको सुन सहित २ जना पक्राउ !

सारांश

  • धरान, २२ जेठ।
  •   प्रहरीले  सुनसहित २ जनालाई पक्राउ गरेको छ।
  • ७ सय १२ ग्राम सुनसहित धरानको मुनालपथबाट मोरङको पथरीका नरेशकुमार विश्वकर्मा र सुशान्त घतानीलाई प्रहरीले पक्राउ गरेको छ ।

धरान, २२ जेठ।  प्रहरीले  सुनसहित २ जनालाई पक्राउ गरेको छ।

७ सय १२ ग्राम सुनसहित धरानको मुनालपथबाट मोरङको पथरीका नरेशकुमार विश्वकर्मा र सुशान्त घतानीलाई प्रहरीले पक्राउ गरेको छ । चेकिङको क्रममा उनीहरुबाट ढिक्का तथा गहना बनाइएकाे सुन बरामद गरेको हो।

उनीहरुले त्यो सुनको बिल देखाउन नसकेपछि तस्करीको सुन भएको खुलेको हो। उनीहरुमाथि थप छानबिन र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, इटहरी पठाइएको धरान प्रहरीले जनाएको छ। बरामद सुनको मुल्य करिब ४० देखी ४५ लाख रुपैयाँ सम्म पर्दछ।

पक्राउ परेकाहरु सुन पसल मा काम गर्ने कामदार हरु रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?