अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
५९ पटक हेरिएको
Shares
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)

सारांश

  • काठमाडौं।
  • विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् ।
  • अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् ।

काठमाडौं। विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् । हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् ।

उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् । दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए । प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् उनले नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए । उनले अभिवादन गर्दा पनि नमस्ते गरेका थिए र पटक पटक नमस्ने गरिरहेका देखिन्थे । उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका थिए ।

https://www.youtube.com/watch?time_continue=341&v=A73ELaEsQpM&feature=emb_logo&fbclid=IwAR3Gesgp6m9qTwSXuNOmrdN0y6cKI-mbhY4aHqmoNTc8EWn32zwcEs_nikE

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
मुग्लिनमा पहिरो खस्यो, ४ प्रहरीको शव भेटियो,
मुग्लिनमा पहिरो खस्यो, ४ प्रहरीको शव भेटियो,
हँडियामा आगलागी
हँडियामा आगलागी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन
प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति
एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति
निर्वाचनको मिति फागुन महिनाभित्र घोषणा नभए सडक र सदनबाट दबाब : नेता पोख्रेल
दुर्घटनामा एकको मृत्यु
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’