सशस्त्रका चार एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
५६ पटक हेरिएको
Shares
सशस्त्रका चार एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस

सारांश

  • काठमाडौँ ।
  • सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि चारजनाको नाम सिफारिस भएको छ ।
  • सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम सशस्त्र प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

काठमाडौँ । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि चारजनाको नाम सिफारिस भएको छ ।

सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम सशस्त्र प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

सशस्त्र प्रहरीका बढुवा समितिका सदस्य–सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरीका चार वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवाका लागि सिफारिस गरिएको जानकारी दिए ।

बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले प्रहरी नियमावली, २०७२ को नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इक्वेडर भूकम्प: सोह्र जनाको मृत्यु, चार सय घाइते
इक्वेडर भूकम्प: सोह्र जनाको मृत्यु, चार सय घाइते
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : मुआब्जा निर्धारणमै अल्झियो
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : मुआब्जा निर्धारणमै अल्झियो
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
संसद बैठक एक सातासम्म स्थगित
संसद बैठक एक सातासम्म स्थगित
काभ्रेपलाञ्चोकमा करिब ३० हजार मतदाता थपिए
काभ्रेपलाञ्चोकमा करिब ३० हजार मतदाता थपिए
काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वर
काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वर
दलकै कारण लोकतन्त्र जोखिममा-चैतन्य मिश्र
दलकै कारण लोकतन्त्र जोखिममा-चैतन्य मिश्र
झण्डै ४ अर्बको हकप्रद सेयर खुल्दै, कुन कम्पनीको कति (सूचीसहित) ?
झण्डै ४ अर्बको हकप्रद सेयर खुल्दै, कुन कम्पनीको कति (सूचीसहित) ?