असई विकको हत्याका आरोपी नगरप्रमुख रामशंकर मिश्र अदालतमा हाजिर
सारांश
- काठमाडौँ साउन,२९।
- मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र मंगलबार महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।
- उनी सँगै सोही मुद्दाका आरोपी राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि अदालतमा हाजिर भएका छन्।
काठमाडौँ साउन,२९। मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र मंगलबार महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।उनी सँगै सोही मुद्दाका आरोपी राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि अदालतमा हाजिर भएका छन्। उनीहरु दुवैजना आफैँ निवेदन लिएर अदालतमा बिहान १०ः३० बजे हाजिर भएको स्रेस्तेदार रामानन्द अधिकारीले बताए ।
महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए । घाइते बिकलाई प्रहरीले उद्धार गरी उपचारको लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए ।
उनीहरु जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेल समक्ष निवेदन दिएर हाजिर भएका हुन् । आफैँ हाजिर भएका प्रमुख मिश्र र सह महामन्त्री पाण्डेलाई अदालतले आजै थुनछेकको बहस चलाउने भएको उहाँहरुको वकिल रमेश पाण्डेले बताए।
यसअघि गत सोमबार सोही मुद्दामा आरोपी प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि महोत्तरी जिल्ला अदालतमा आफैँ निवेदन दिएर हाजिर भएको र उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको थियो ।
प्रतिक्रिया