आईपीएल : वर्षा प्रभावित ५–५ ओभरमा खेलाइएको खेलमा डिभिलियर्सको छक्काको वर्षात

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
५१ पटक हेरिएको
Shares
आईपीएल : वर्षा प्रभावित ५–५ ओभरमा खेलाइएको खेलमा डिभिलियर्सको छक्काको वर्षात

सारांश

  • काठमाडौं ।
  • आईपीएलको मंगलबारको खेल वर्षाले प्रभावित भएपछि राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगुलरुबीचको खेल ५–५ ओभरमा खेलाइयो ।
  • तर, पनि खेल फेरि वर्षा भएपछि नतिजाबिहीन भयो ।
काठमाडौं । आईपीएलको मंगलबारको खेल वर्षाले प्रभावित भएपछि राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगुलरुबीचको खेल ५–५ ओभरमा खेलाइयो । तर, पनि खेल फेरि वर्षा भएपछि नतिजाबिहीन भयो । जितको नजिक पुगेको राजस्थान रोयल्सका लागि वर्षा बाधक बन्यो । 
६३ रनको लक्ष्य पाएको राजस्थानले जितका लागि १० बलमा २१ रन आवश्यक थियो । उसको एकमात्र विकेट खसेको थियो । सन्जु सामसन उत्कृष्ट इनिंग खेलेर आउट भएपछि वर्षा फेरि शुरु भयो । उनले १३ बलमा २८ रन बनाएका थिए । फेरि वर्षा भएपछि अम्पाएर खेल नतिजाबिहीन घोषणा गरेपछि दुबै टिमले एक एक अंक पाए ।
खेलमा स्पष्ट जित हात नपारेकाले राजस्थानको प्लेअफ दौड कठिन भएको छ । राजस्थानको १३ खेलबाट ११ अंक भएको छ । अब उसको एक खेल बाँकी छ । उता बेंगलुरु भने प्लेअफबाट बाहिरिसेको छ । 
यसअघि पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बेंगलुरुले ७ विकेटमा ६२ रन बनाउँदै राजस्थान रोयल्सलाई ६३ रनको लक्ष्य दिएको छ ।
पहिलो ओभरमै ओपनर एबि डिभिलियर्स र कप्तान विराट कोहलीले २३ रन जोड पनि दोस्रो ओभरमा श्रेयश गोपालले ह्याट्रिक गरेपछि बेंगलुरु ठूलो स्कोर बनाउनबाट रोकियो । गोपालले कोहली, डिभिलियर्स र मार्कोस स्टोइनिसको विकेट लिए । त्यसपछि पनि बेंगलुरुले लगातार विकेट गुमायो । 
रेयान पराग र जयदेव उदनाकटले एक एक विकेट लिए भने अन्तिम ओभर बलिंग गरेका उसेन थोमसले २ विकेट लिए । 
बेंगलुरुका लागि कोहलीले २५ र डिभिलियर्सले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका ३ खेलाडी त शून्यमा रहे ।

(naturalkitchenschool.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता
अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता
साउदी अरबमा भीषण हिमपात‚ हिउँले भरिए मरुभूमि
साउदी अरबमा भीषण हिमपात‚ हिउँले भरिए मरुभूमि
विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई
विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई
“न तिमीलाई आफ्नो”बनाउन सके भनेर गुनासो पोख्दै छन् केके
“न तिमीलाई आफ्नो”बनाउन सके भनेर गुनासो पोख्दै छन् केके
प्रहरी हिरासत बाट डाक्टर गोविन्द केसीको नेपाल आमालाई मर्मस्पर्सी पत्र
चितवनका कृषकहरु तोरी खेतीतर्फ आकर्षित
चितवनका कृषकहरु तोरी खेतीतर्फ आकर्षित
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
लामो दूरीका सवारीसाधन तीन दिनसम्म काठमाडौं  भित्रिन र बाहिरिन रोक
लामो दूरीका सवारीसाधन तीन दिनसम्म काठमाडौं भित्रिन र बाहिरिन रोक
Скачать 1xBet KZ Мобильная версия 1хБет на Андроид Бесплатн
प्रधानमन्त्री ओलीद्वारा बाजपेयीको योगदानको स्मरण गर्दै समवेदना व्यक्त
प्रधानमन्त्री ओलीद्वारा बाजपेयीको योगदानको स्मरण गर्दै समवेदना व्यक्त