विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
१८ पटक हेरिएको
Shares
विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

सारांश

  • काठमाडाैं ।
  • नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै विरोध गर्ने निर्णय गरेको छ ।
  • हालै कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको तेश्रो पूर्ण बैठकको निर्णयका बारेमा जानकारी गराउन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले ४० जना नेता तथा कार्यकर्ता अझै पनि जेलमा रहेको, सयौं मुद्धाहरु खारेज नभएको र सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै संघर्ष गर्ने जनाएको हो ।

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै विरोध गर्ने निर्णय गरेको छ ।

हालै कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको तेश्रो पूर्ण बैठकको निर्णयका बारेमा जानकारी गराउन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले ४० जना नेता तथा कार्यकर्ता अझै पनि जेलमा रहेको, सयौं मुद्धाहरु खारेज नभएको र सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै संघर्ष गर्ने जनाएको हो ।

त्यस्तै आगामी दिनमा राष्ट्रिय स्वाधीनताका साथै जनताको राजनीतिक एवं आर्थिक अधिकार र जनजिविकाका क्षेत्रमा संघर्ष गर्ने नेकपाले जनाएको छ । महंगी र चर्को व्याजदरविरुद्ध फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने नेकपाले जनाएको छ ।

बैठकले बिचार मिल्नेसँग एकता गर्ने, मुद्धा मिल्नेसंग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?