पाँच विमान किन अचानक भैरहवा अवतरण भए ?
सारांश
- देशभरका विभिन्न स्थानबाट काठमाडौंका लागि उडान भरेका भरेका जहाजहरु भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा अवतरण भएका छन् ।
- काठमाडौंको मौसम खराबीका कारण ती जहाज भैरहवामा आपतकालिन अवतरण गरिएका हुन् ।
- काठमाडौंमा बुधबार दिउसो अचानक भारी वर्षा भएको छ ।
देशभरका विभिन्न स्थानबाट काठमाडौंका लागि उडान भरेका भरेका जहाजहरु भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा अवतरण भएका छन् । काठमाडौंको मौसम खराबीका कारण ती जहाज भैरहवामा आपतकालिन अवतरण गरिएका हुन् । काठमाडौंमा बुधबार दिउसो अचानक भारी वर्षा भएको छ ।
काठमाडौंका लागि भैरहवा विमानस्थलबाट उडान भरेका दुई वटा, भद्रपुर विमानस्थलबाट उडेका दुई, र जनकपुरबाट एउटा गर पाँचवटा जहाज भैरहवा विमानस्थलमा अवतरण भएको प्रहरीले जनाएको छ ।
भैरहवा विमानस्थलका प्रमुखले भने विमानको आपतकालिन अवतरणबारे सूचना दिन मानेनन् । विमानको आपतकालिन अवतरणपछि यात्रुहरु विमानस्थल क्षेत्रमा यत्रतत्र छरिएर बसेका छन् । विमानस्थलले यात्रु व्यवस्थापन गर्न नसकेको यात्रुहरुको गुनासो छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया