नौ दिनपछि खुल्यो क्षेत्रीय अस्पताल !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नौ दिनपछि खुल्यो क्षेत्रीय अस्पताल !

सारांश

  • पोखरा, १९ असोज ।
  • कर्मचारी आन्दोलनका कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) शुक्रबारदेखि बल्ल सञ्चालनमा आएको छ ।
  • आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् ।

पोखरा, १९ असोज । कर्मचारी आन्दोलनका कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) शुक्रबारदेखि बल्ल सञ्चालनमा आएको छ ।
आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् । आज आन्दोलनरत कर्मचारी र प्रशासनबीच बसेको वार्ताबाट सहमति जुटेको हो । सहमतिअनुसार अस्थायी कर्मचारी स्थायी गर्न प्रक्रिया शुरु गर्ने, २०६४ का कर्मचारीको स्तरवृद्धि गर्ने सहमति भएको आन्दोलन समितिका अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो बुँदामा प्रतिष्ठानतर्फ दोस्रो सभा अगाडि कार्यरत सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी स्थायी गर्न आगामी सभा बैठकमा एजेण्डा प्रस्तुत गरी स्वीकृति गराई वा अनुमति लिई एक हप्ताभित्रमा एक पटकका लागि सीमित आन्तरिक विशेष प्रतियोगितामार्फत प्रक्रिया थालनी गर्ने सहमति गरिएको छ । साउन १ गतेदेखि लागू हुने गरी समायोजन तथा एक पटकका लागि असोज मसान्तभित्रमा एक तह स्तरवृद्धि गर्ने सहमति भएको छ । नौ दिनदेखि स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र प्रशासनबीच वार्ताबाट सहमति निस्किन नसक्दा बिरामी मर्कामा परेका थिए ।

कर्मचारीको आन्दोलनका कारण आकस्मिक र सघन उपचार कक्षबाहेकका सबै सेवा ठप्प रहेको थियो । उपचारका लागि गाउँगाउँबाट अस्पताल आएका बिमारी उपचार गर्नबाट वञ्चित हुन पुगेका थिए । अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने साथै स्थायी कर्मचारीको स्तरवृद्धिको माग राखेर अस्पतालमा कार्यरत २९० जना कर्मचारी आन्दोलनमा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?