नेप्से ७ दशमलव १६ अङ्कले घट्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
२८ पटक हेरिएको
Shares
नेप्से ७ दशमलव १६ अङ्कले घट्यो

सारांश

  • काठमाडौँ ।
  • मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ ।
  • आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम भएको हो ।

काठमाडौँ । मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम भएको हो ।

आज दुई सय ५७ वटा कम्पनीको एक करोड पाँच लाख दुई हजार छ सय ४९ कित्ता शेयर ५५ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार बराबरको कारोबार भएको छ ।

आज अन्य समूहको उपसूचक सात दशमलव ७५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५८ दशमलव ६३ र होटल तथा पर्यटन समूहको उपसूचक ४९ दशमलव ७१ अङ्कले घटेको नेप्सेले जनाएको छ ।

बैंकिङ समूह शून्य दशमलव ७९, विकास बैंक समूह २२ दशमलव ६२, वित्त समूह ३६ दशमलव २५, जलविद्युत् समूह २७ दशमलव ३६ र लगानी समूह शून्य दशमलव १० अङ्कले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ४१ दशमलव ९०, लघुवित्त समूह १६ दशमलव ५७, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह २८ दशमलव ५४ र व्यापार समूह ११ दशमलव ५० अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता पाँच दशमलव १४ प्रतिशतका दरले गुमाएका छन् ।

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रु ११ करोड २८ लाख ६८ हजार दुई सय ७१ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपी पावर कम्पनी लिमिटेडको तीन लाख ४० हजार पाँच सय ६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?