गोरखा प्रहरी प्रमुख परे मापसे जाँचमा
सारांश
- गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावलले दिउसै मदिरा सेवन गरेको हुनसक्ने भन्दै दिउसो कार्यालय समयमै मेडिकल चेकजाँच गरेको छ ।
- छड्के निरीक्षणका क्रममा बुधबार दिउँसो गोरखा आएको एसएसपी हरिराज वाग्लेको टोलीले निरीक्षण गर्दा कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको डिआइजी विनोद शर्मा घिमिरेले जानकारी दिए ।
- ‘गोरखाका एसपी तीन दिनसम्म सम्पर्कमा नआएपछि हामीले एसएसपीको नेतृत्वको टोलीलाई आन्तरिक रुपमा निरीक्षण गर्न पठाएका थियौँ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावलले दिउसै मदिरा सेवन गरेको हुनसक्ने भन्दै दिउसो कार्यालय समयमै मेडिकल चेकजाँच गरेको छ । छड्के निरीक्षणका क्रममा बुधबार दिउँसो गोरखा आएको एसएसपी हरिराज वाग्लेको टोलीले निरीक्षण गर्दा कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको डिआइजी विनोद शर्मा घिमिरेले जानकारी दिए ।
‘गोरखाका एसपी तीन दिनसम्म सम्पर्कमा नआएपछि हामीले एसएसपीको नेतृत्वको टोलीलाई आन्तरिक रुपमा निरीक्षण गर्न पठाएका थियौँ । दिउसो १२ बजे नै निवासमा मादक पदार्थ सेवन गरेर बसेको भेटियो’, डिआइजी घिमिरेले भने, ‘टोलीले गोरखा अस्पतालबाट चिकित्सकको टोली ल्याएर मेडिकल चेकजाँच गरी मुचुल्का पनि गरेको छ । प्रतिवेदन पनि तयार गरेको छ ।
’निरीक्षण टोलीको सम्पूर्ण प्रतिवेदन अध्ययन भइरहेको पनि बताइएको छ । गोरखा अस्पतालबाट डाक्टर सुचिता अमात्यको टोलीले एसपी रावलको मेडिकल चेकजाँच गरेको अस्पतालले जनाएको छ । डा. अमात्यले भने रिपोर्ट बारे बोल्न नमिल्ने बताइन् । एसपी रावलले भने यस बारेमा आफूलाई केही थाहा नभएको भन्दै आफूमाथिको आरोपबारे बोल्न इन्कार गरे ।
‘आन्तरिक कामले एसएसपीको टोली आउनु भएको चाहिँ हो, अरु कुरा थाहा भएन’, एसपी रावलले भने । नौ दिनदेखि वेपत्ता भइरहेका गोरखाको यारु बगरका व्यवसायी धनकमल गुरुङमाथि आक्रमण गर्ने ६ जनाको खोजी अनुसन्धान बारेमा बुझ्न खोज्दा एसपी रावल सम्पर्कमा नआएपछि प्रदेश प्रहरीको टोली निरीक्षणका लागि पठाएको डिआइजी घिमिरे बताउँछन् । अन्नपुर्ण पोष्टबाट
प्रतिक्रिया