प्रम दाहाललाई भारत भ्रमणको निम्तो नदिई फर्किए क्वात्रा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
३२ पटक हेरिएको
Shares
प्रम दाहाललाई भारत भ्रमणको निम्तो नदिई फर्किए क्वात्रा

सारांश

  • काठमाडौं ।
  • नयाँ सरकार बनेपछि पहिलोपटक भारतीय विदेश सचिवको हैसियतमा नेपाल आएका विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक भेटवार्ता गरे पनि ‘भारत भ्रमण’को निम्तो भने दिएनन् ।
  • नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनले सरकार फेरबदल हुने आशंकाबीच भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा नदिएको हो ।

काठमाडौं । नयाँ सरकार बनेपछि पहिलोपटक भारतीय विदेश सचिवको हैसियतमा नेपाल आएका विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक भेटवार्ता गरे पनि ‘भारत भ्रमण’को निम्तो भने दिएनन् ।

नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनले सरकार फेरबदल हुने आशंकाबीच भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा नदिएको हो ।

‘भोलिको राजनीतिक परिदृश्य के हुन्छ ?’ त्यो हेरेर मात्रै भारतले प्रचण्डलाई भ्रमण निम्तो दिने संकेत देखाएको छ । राष्ट्रपति विषयलाई लिएर अहिले सत्तारूढ गठबन्धन दल र प्रमुख विपक्षी नेपाली कांग्रेसबीचको टकराव भइरहेकै बेला भारत ‘यो सरकार कति दिन टिक्छ ?’ भनेर आँकलन नगरी प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन चाहँदैन ।

दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव क्वात्रा विदेश सचिवस्तरीय बैठकमा आएको भनिए पनि उनी सोमबार र मंगलबार राजनीतिक भेटघाटमा व्यस्त भए ।

क्वात्रा नेपाल भ्रमणमा आउँदा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा सन्देश बोकेर आउँछन्’ भन्ने आँकलन थियो । तर, विदेश सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग औपचारिक छलफल गरे र दुई पक्षीय हित विषयमा मात्रै कुरा गरे । भ्रमण विषयमा उचित वातावरण तय भएपछि मिति तय हुने भारतीय पक्षले जनाएको छ ।

त्यसो त, प्रधानमन्त्री प्रचण्ड नियुक्तिलगतै भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने बताएका थिए ।

प्रचण्डले प्रधानमन्त्री नियुक्तिलगत्तै आफ्नो पहिलो राजनीतिक भ्रमण भारतबाट हुने बताउनुले पनि भारतीय पक्ष ढुक्क छ । यसअघि प्रचण्डले सन् २००८ मा प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनतर्फ गरेका थिए । त्यसपछि ‘भारत रिसाएको’ भन्दै आफ्नो राजनीतिक भ्रमण भारतबाटै हुने बताएका थिए ।

अहिले पनि दाहालले पहिलो भ्रमण भारतबाटै हुने प्रतिबद्धता जनाएका छन् । भारतसँग पहिलो भ्रमण नगर्दा राजनीतिक रूपमा अप्ठ्यारो पर्नसक्ने र सत्ता समीकरण बदलिन सक्ने भय कारण पनि नेपालबाट अधिकांश प्रधानमन्त्रीले भारत भ्रमण गर्ने गरेका छन् ।

नजिकको छिमेकी मुलुक र त्यसमा पनि खुला सीमा रहेको भारतसँगको सम्बन्ध सुधार हुन नसके राजनीतिक अप्ठ्यारो पर्नसक्ने भयका कारण पनि हरेक सरकार गठन भएलगतै भारतले पहिलो भ्रमणको निमन्त्रणा दिने गरेको छ ।

सघन राजनीतिक भेटघाट
विदेश सचिव क्वात्राले पहिलो दिन प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटे । म्याराथुन भेटघाटमा उनले सबैसँग द्विपक्षीय सम्बन्ध विषयमा कुराकानी गरे ।

त्यसो त, नेपालमा दुई ठूला कम्युनिस्ट घटकसहितको सरकार गठनपछि उत्तरी छिमेकी देश चीनको प्रभाव’ बुझ्न पनि उनले राजनीतिक भेटघाट तीव्र बनाएका हुन् ।

उनको दोस्रो दिन राजनीतिक भेटघाटमै केन्द्रित रह्यो । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेतासँग भेटघाट गरेर उनी स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख
बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख
दसैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
दसैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
असोज २६ गते आइतबारको राशिफल यस्तो छ
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
कांग्रेस जिल्ला सभापतिहरुको भेला: १९ बुँदे घोषणापत्र जारी (घोषणा–पत्र)
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
झुकेन नेकपा, भेनेजुएला प्रकरणमा अमेरिकाकाे विराेध गर्ने अडान कायमै
झुकेन नेकपा, भेनेजुएला प्रकरणमा अमेरिकाकाे विराेध गर्ने अडान कायमै

तपाईंले छुटाउनुभयो कि?