झुकेन नेकपा, भेनेजुएला प्रकरणमा अमेरिकाकाे विराेध गर्ने अडान कायमै
सारांश
- काठमाडौं।
- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको बिरोध गर्ने पार्टीको अडान दोहार्¥याएको छ।
- सोमबार बसेको पार्टी सचिवालय बैठकले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै त्यहीँका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने पार्टीको अडान दोहोर्याएको हो।
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको बिरोध गर्ने पार्टीको अडान दोहार्¥याएको छ।
सोमबार बसेको पार्टी सचिवालय बैठकले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै त्यहीँका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने पार्टीको अडान दोहोर्याएको हो।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने पार्टीको अडान स्पष्ट पार्दै त्यसमा कुनै पनि भ्रम नराख्न र सो सम्बन्धि विषयलाई लिएर गलत प्रचार नगर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइएको पनि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकले आफ्नो पार्टीको विदेश नीति र सम्बन्धमा कुनै अन्यौल र दुविधा नभएको पनि स्पष्ट पारेको छ। ‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको बडा–पत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिवद्ध रही आएको छ। हाम्रो पार्टी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछ,’ पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले भने, ‘कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तपूर्ण बाटोबाट समाधान गर्नु पर्दछ भन्ने मान्यता राख्दछ।’ सचिवालय बैठकले ‘विश्वशान्ति, समझदारी र समृद्धि’को पक्षमा नेकपा रहेकोे जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया