बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
४६ पटक हेरिएको
Shares
बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख

सारांश

  • कर्णाली।
  • कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।
  • विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औँ जन्मजयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीसहित सम्पूर्ण कर्णालीवासी, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले बुद्ध दर्शनले अहिंसा, सद्भाव, मानव कल्याण र मानिस जातिकै जीवनमा शान्तिको बाटो देखाएकाले हरेकले बुद्ध वचन पछ्याउनुपर्ने बताएका छन् ।

कर्णाली। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औँ जन्मजयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीसहित सम्पूर्ण कर्णालीवासी, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले बुद्ध दर्शनले अहिंसा, सद्भाव, मानव कल्याण र मानिस जातिकै जीवनमा शान्तिको बाटो देखाएकाले हरेकले बुद्ध वचन पछ्याउनुपर्ने बताएका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले भने, “वैशाख शुक्ल पूर्णिमा आजकै दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रि–संयोगलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा उनीप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गर्दछन् । बुद्धले सम्पूर्ण मानवजगत्को कल्याण गर्न राजर्षि सुख त्याग गरी कठोर तपस्या र कठिन परिश्रमबाट बोधी ज्ञान प्राप्त गरेको थियो । उनकै योगदानले नेपाल विश्वको शान्तिको देश भनेर चिनिएको छ ।”

उनले बुद्ध दर्शनलाई आत्मसात गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन सबैमा हार्दिक अपिल गरेका छन् ।

“यस अवसरमा सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस्”, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’
बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’
काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै
काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै
शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन
शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन
चार वर्षभित्र रिहार–भ्युसनपुर सडक कालोपत्रे गर्ने प्रतिबद्धता
चार वर्षभित्र रिहार–भ्युसनपुर सडक कालोपत्रे गर्ने प्रतिबद्धता
चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष
चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि
ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि
२४ घन्टामा १६ सय ६९ संक्रमित थप, ५६९९ जना डिस्चार्ज
२४ घन्टामा १६ सय ६९ संक्रमित थप, ५६९९ जना डिस्चार्ज
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा