तीन बुदेँ सहमतिपछि धर्ना स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
४० पटक हेरिएको
Shares
तीन बुदेँ सहमतिपछि धर्ना स्थगित

सारांश

  • काठमाडौं ।
  • नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि गरिएको आन्दोलन स्थगित भएको छ ।
  • नेपाल सरकारसँग तीन बुदेँ सहमति भएपछि तेस्रो चरणको धर्नासहितको आन्दोलन स्थगित गरिएको आन्दोलनरत रुवी खानले जानकारी दिए ।

काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि गरिएको आन्दोलन स्थगित भएको छ ।

नेपाल सरकारसँग तीन बुदेँ सहमति भएपछि तेस्रो चरणको धर्नासहितको आन्दोलन स्थगित गरिएको आन्दोलनरत रुवी खानले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहसचिव विनोद प्रकास सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसँग हिजो भएको छलफलका आधारमा आज तीन बुदेँ सहमति भएको हो ।

आन्दोलनरत पक्षधरले माइतीघरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायिक आयोग गठन गर्नुपर्ने, घटनाको छानबिन उक्त आयोगले नै गर्नुपर्ने प्रमुख माग राख्दै आन्दोलन स्थगित गरिएको खानले जानकारी दिए । 
उनले भने, “कुर्मी त एउटा उदारहरण मात्र हुन् । माग कार्यान्वयन नहुँदासम्म हाम्रो आन्दोलन जारी रहने छ ।”

सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसूरको अनुसन्धान गर्नका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२ बमोजिम मुद्दा चलाइने उल्लेख छ । 
  
आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई यथावत राख्दै हाललाई आन्दोलन स्थगित गरेको जनाएको छ ।

घरेलु हिसांपीडित महिलाको न्यायका लागि माग गर्दै नेपालगञ्जदेखि पैदलयात्रा गरेर काठमाडौँ आएका खानसहितका व्यक्तिले माइतीघरमा गएको ४८ दिनदेखि धर्ना दिइरहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई
‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई
मन्त्रालयको सङ्ख्या बढाउँदैनौँ : मुख्यमन्त्री पाण्डे
मन्त्रालयको सङ्ख्या बढाउँदैनौँ : मुख्यमन्त्री पाण्डे
फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..
फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..
दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची
दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ-एमाले 
कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ-एमाले 
एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो
एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो
गाएक नवीन पौडेलकाे ‘मुसु मुसु हास्यौ मानी छौर कि सरम’ ले चर्चा कमाउदै
गाएक नवीन पौडेलकाे ‘मुसु मुसु हास्यौ मानी छौर कि सरम’ ले चर्चा कमाउदै
गृहसचिव र महानिरीक्षकबीच कार्यसम्पादन सम्झौतामा
गृहसचिव र महानिरीक्षकबीच कार्यसम्पादन सम्झौतामा
के छ? एमाले र माओवादी एकताका लागि तयार पारिएको ४२ पेजको प्रतिवेदनमा