चार जना सवार विमान दुर्घटना, खोजी जारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
२० पटक हेरिएको
Shares
चार जना सवार विमान दुर्घटना, खोजी जारी

सारांश

  • मनिला ।
  • चार जना सवार एउटा सानो विमान मध्य फिलिपिन्समा दुर्घटना भएको छ ।
  • उद्धारकर्मीहरूले उनीहरूको खोजी गरिरहेका नागरिक उड्डयन कार्यालयका एक अधिकारीले बताएका छन् ।

मनिला । चार जना सवार एउटा सानो विमान मध्य फिलिपिन्समा दुर्घटना भएको छ । उद्धारकर्मीहरूले उनीहरूको खोजी गरिरहेका नागरिक उड्डयन कार्यालयका एक अधिकारीले बताएका छन् ।

नागरिक उड्डयन कार्यालयका अनुसार विमान चालक, चालक दलका अर्का एक सदस्य र दुई जना यात्री विमानमा सवार थिए । सेस्ना ३४० विमान राजधानीको दक्षिणमा अवस्थित बिकोल अन्तर्राष्ट्रिय विमानस्थलबाट मनिलाका लागि उडेको केही समयपछि शनिबार बिहानदेखि वेपत्ता भएको थियो ।

स्थानीय खोज तथा उद्धार टोलीले विमानस्थल नजिकै सम्भावित दुर्घटनास्थल पहिचान गरेको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अपोलोनियोले एएफपीलाई बताएका छन् । प्रतिकूल मौसमका कारण खोजीमा कठिनाइ भएको छ । फिलिपिन्सको उत्तरी प्रान्त इसाबेलामा सेस्ना विमान दुर्घटना भएको एक महिनाभन्दा कम समयमा फेरि यो अर्को विमान दुर्घटना भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?