तेह्रथुममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
४३ पटक हेरिएको
Shares
तेह्रथुममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सारांश

  • तेह्रथुम, १२ कात्तिक   दोस्रो चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुने पूर्वी पहाडी जिल्ला तेह्रथुममा चुनावी तयारी शुरु भएको छ ।
  • मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको तयारीका काम धमाधम शुरु भएका छन् ।
  • जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली, मतदान केन्द्र, मतदानस्थललगायत विषयको अन्तिम टुंगो लगाएको छ ।

तेह्रथुम, १२ कात्तिक   दोस्रो चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुने पूर्वी पहाडी जिल्ला तेह्रथुममा चुनावी तयारी शुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको तयारीका काम धमाधम शुरु भएका छन् । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली, मतदान केन्द्र, मतदानस्थललगायत विषयको अन्तिम टुंगो लगाएको छ । कर्मचारी व्यवस्थापन, तालीम, आचारसंहिताबारे छलफल लगायतको तयारी भइरहेको निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो ।

उहाँका अनुसार निर्वाचन शिक्षा सामग्री आएलगत्तै २० कात्तिकदेखि गाउँगाउँमा निर्वाचन शिक्षा कार्यकर्ता खटाइनेछ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम म्याङलुङस्थित जिल्ला अदालतमा बिहीबारै स्थापना भइसकेको छ ।

चार मतदान केन्द्र थपिए

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा ८९ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी राईले बताउनुभयो । यसअघिका ५७ वटै स्थलमा ८९ वटा मतदान केन्द्र कायम गरिएको हो । गत असारमा भएको स्थानीय चुनावभन्दा अहिले चार वटा मतदान केन्द्र थपिएका हुन् ।

स्थानीय चुनावयता मतदाताको संख्यासमेत थपिएकाले कार्यालयले मतदान केन्द्रको संख्या थपेको हो । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा ६६ हजार ६६७ जना मतदाता रहेका छन् । कार्यालयले यसअघि ६६ हजार ७४३ मतदाता रहेका भनेको थियो । नामावली दोहोरिएका ७६ जनाको दाहोरिएको नाम काटेपछि अहिले मतदाताको संख्या ६६ हजार ६६७ मा झरेको हो ।

स्थानीय चुनावभन्दा छ हजार भन्दा बढी मतदाता

स्थानीय चुनावको भन्दा अहिले छ हजार मतदाता थपिएका छन् । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा गरी छ हजार ३९ जना मतदाता थपिएका निर्वाचन अधिकारी राईले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले दुई महिनासम्म जिल्लाभर मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम राखेको थियो ।

सो कार्यक्रममा जिल्लाका सात हजार ३९१ जनाले मतदाता नाम दर्ता गराएका थिए । तर त्यसमध्ये २०७४, भदौ ५ गतेसम्ममा १८ वर्ष पूरा भएकाले मात्रै मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । स्थानीय निर्वाचनमा जिल्लाका ६० हजार ७०४ जनाको नाम मतदाताको सूचीमा उल्लेख थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरबिया पछि रियाउमा बम हमला
सुरबिया पछि रियाउमा बम हमला
सन्दिपले दिल्लीमा किन लगाउन पाएनन् २५ नम्बरको जर्सी?
सन्दिपले दिल्लीमा किन लगाउन पाएनन् २५ नम्बरको जर्सी?
विश्वासको मत किन नलिने भए प्रम ओली ?
प्रचण्डलाई जुुत्ता हान्ने रतनका बाबु राज्यपक्षबाट मारिएको खुल्यो
प्रचण्डलाई जुुत्ता हान्ने रतनका बाबु राज्यपक्षबाट मारिएको खुल्यो
सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै
सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै
‘सेतो कपालले केही गर्न सक्दैन भन्ने होइन, ८६ का गिरिजाले ५६ का प्रचण्डलाई डोर्याएकै हुन्’
आजको मौसमः मुलुकका अधिकांश स्थानमा हुस्सु र तुवाँलो लाग्ने सम्भावना
आजको मौसमः मुलुकका अधिकांश स्थानमा हुस्सु र तुवाँलो लाग्ने सम्भावना
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु
सिँचाइ कुलो निर्माण हँु्दा स्थानीय खुशी
सिँचाइ कुलो निर्माण हँु्दा स्थानीय खुशी