दक्षिणी चीन सागरमा चिनियाँ बम वर्षक विमान तैथानको अर्थ के हो ?
सारांश
- चीनले दक्षिण चीन सागरको विवादित क्षेत्रमा पहिलो आफ्नो बम वर्षक विमान ‘एच–सिक्स के’ तैनाथ गरेको छ।
- विशेषत्रका अनुसार यी विमानको रेन्ज उत्तरी अष्ट्रेलिया र अमेरिकी द्वीप गुआमसम्म छ।
- अमेरिकाले चीनको यो दकमपछि आफ्ना युद्धक विमान चीनले बनाएको कृतिम द्वीपतर्फ पठाएको छ।
चीनले दक्षिण चीन सागरको विवादित क्षेत्रमा पहिलो आफ्नो बम वर्षक विमान ‘एच–सिक्स के’ तैनाथ गरेको छ। विशेषत्रका अनुसार यी विमानको रेन्ज उत्तरी अष्ट्रेलिया र अमेरिकी द्वीप गुआमसम्म छ। अमेरिकाले चीनको यो दकमपछि आफ्ना युद्धक विमान चीनले बनाएको कृतिम द्वीपतर्फ पठाएको छ। लामो दूरीका यी बम वर्षक ती विमानमा शामेल छन् जो यी द्वीप र चट्टानमा चीनको ‘सबै क्षेत्रमा पहुँच’ राख्नकालागि आयोजित ड्रिलमा शामेल गरिएको थियो।
कति खतरनाक छन् चीनका एच–सिक्स के विमान?
यो विमानका पाइलट ग दाचिङले भनेका थिए, ‘यो अम्यासबाट हाम्रो हिम्मत र एक असल युद्धको स्थितिमा क्षमता बृद्धि गर्छ।’ यी विमानको क्षमताका विषयमा रक्षा विशेषज्ञ उदय भास्कार भन्छन्, ‘चीनमा शियान एच–सिक्स के भनिने यी बम वर्षक विमानबाट मिलाइल लञ्च गर्न सकिन्छ।’

उनी अगाडि भन्छन्, ‘यी विमानमा मिलाइल ल्याएर छोड्न सकिन्छ। उसको अपरेशनल रेन्ज र मिसाइलको रेन्ज (आर्डिनेन्स) लाई १९०० मील मानिन्छ। यदि यो क्षेत्रको मानचित्रको हेर्ने हो भने दुई प्रकारका अपरेशनल रेडियस भेटिन्छ। दक्षिणी चीन सागरमा दुई प्रकारका द्वीप छन्। जसलाई स्प्रयाटली र प्यारासल द्वीप भनिन्छ। र अर्को हैनान प्रान्त हो। यदि त्यहाँ यस प्रकारका विमानलाई तैनाथ गरिन्छ भने त्यहाँ दुई अलग अलग प्रकारका अपरेशनल रेडियस देखिन्छ।’
एसिया म्यारिटाइम ट्रान्सपरेन्सी इनीशिएटिभमा आबद्ध विशेषज्ञका अनुसार यी विमान चाँडै स्प्रयाटली द्वीपमा अवतरण हुन सक्छन्। जहाँ रनवे र ह्यांगर बनेका छन्। र यहाँबाट यी विमान अष्ट्रेलिया र गुआममा अवस्थित अमेरिकी बेससम्म पुग्न सक्छन्।

उदय भाष्कर भन्छन्, ‘यस प्रकारका विमानमा बीच बाटोमा नै इनधन भर्न सकिन्छ। चीनले यी विमानलाई निकै विकसित गरेको छ। यस्तो अवस्थामा यदि यी विमानलाई बीच बाटोमा इन्धन भर्न सकिन्छ भने विमान गुआम द्वीपसम्म पुग्न सक्छन्। र शक्तिशाली देशकालागि मिड–फ्लाइट रिफ्यूलिङ एक सामान्य प्रक्रिया हो।’ चीनकातर्फबाट उठाइएको यो कदमपछि अमेरिकाले आफ्नो युद्धक विमान बेइजिङद्वारा निर्मित कृतिक द्वीप नजिकै पुग्न अमेरिकाबाट उडेका छन्।
पेन्टागनका प्रवक्ताले न्युज एजेन्सी रोयटर्ससँग कुरा गर्दै भने, ‘अमेरिका एक स्वतन्त्र र खुला भएको इण्डो–प्यासिफिक क्षेत्रप्रति समर्पित छ।’
कर्नल क्रिस्टोफर लोगन भन्छन्, ‘हामीले के रिपोर्ट देखेका छौं भने दक्षिणी चीन सागरको विवादित क्षेत्रमा चीनको बढ्दो सैन्यकरण सिर्फ यो क्षेत्रमा नताव र अस्थिरता बढाउने मात्र काम गर्छ।’
चीन–अमेरिकाबीचको तनाब
विगत केही सयमदेखि चीन र अमेरिकाबीचको सम्बन्धमा तनावको स्थिति देखिएको छ। दुवै देशबीच ‘व्यापार युद्ध’ सुरु भएपछि यी दुई मुलुकको आपसी सम्बन्धमा पनि चिसोपना बढेको छ। जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर डा. स्वर्ण सिंहका अनुसार यो घटनापछि सो क्षेत्रमा तनाव झन बढ्न सक्छ।

डा. सिंह भन्छन्, ‘यो स्पष्ट छ, अब सो क्षेत्रमा तनाव बढ्छ। तर यो कुनै अचानक हुने घटना भने होइन। विगत एक दशकमा चीन लगातार दक्षिण चीन सागरमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ। यो क्षेत्रमा तनाव लगातार बनिरहेको छ। र अमेरिका सबैभन्दा पहिला युद्धक विमानलाई पठाएर फ्रिडम अफ न्याविगेशनको कुरा गरिरहेको छ।
तर आज अमेरिकासँग यो मुद्दामा धेरै मुलुक उभिएको देखिँदैन। अमेरिकाको नजिकको मित्र राष्ट्र अष्ट्रेलिया पनि चीनतर्फको यस्तो कारवाहीबाट खुशी छैन। यद्यपी बेलायत बेला बेलामा आफ्नो युद्धक पोत अमेरिकासँग पठाउँछ। यसरी हेर्दा अमेरिका यो मुद्दामा आफूलाई एक्लै पाउँछ। त्यतिमात्र होइन, अमेरिका, डोनाल्ड ट्रम्पको सरकारमा एसिया प्रशान्त क्षेत्रमा आफ्नो नेतृत्व बनाइ राख्ने रुची गुमाउँदै गएको छ।’
दक्षिण चीन सागरको मुद्दामा अमेरिका लामोसमय देखि चीनमाथि दवाब दिइरहेको छ। तर चीनले दक्षिण चीन सागरमा आफ्ना नागरिकका २००० वर्ष पुरानो सम्बन्ध भएको दाबी गर्दै आएको छ। २०१६ मा अन्तर्राष्ट्रिय अदालतले चीनसँग दक्षिण चीन सागर र त्यसको संशाधनमाथि एकाधिकार भएको त्यस्तो कुनै पनि ऐतिहासिक प्रमाण नभएको बताएको थियो।

तर चीनका विदेश मन्त्री वाङ यीले यो अदालतको आदशेलाई ‘ढोङी’ बताएको टिप्पणी गरेका थिए। र चीनले भनेको थियो, ‘अन्तर्राष्ट्रिय अदालत यो इलाकालाई लिएर उसको सम्प्रभूतिालाई लिएर जस्तै सुकै फैसला गरेपनि चीन दक्षिण चीन सागरमा आफ्नो समुन्द्री हितको रक्षा गर्छ।’
चिनियाँ रक्षा मन्त्रालयले त्यतिबेला भएको थियो, ‘चीनको सशस्त्र सेना धम्की र खतरासँग जुध्न तयार छ।’
त्यसपछि अमेरिकाले अन्तर्राष्ट्रिय अदालतको फैसलाले समुन्द्री विवाद समाधान गर्न सहयोग पुग्ने बताएको थियो र जापानले अदालतकोक फैसला बाध्यवारी र अन्तिम भएको प्रतिक्रिया दिएको थियो। तर त्यसको बावजूद चीन करिव पूरै दक्षिणी चीन सागरमाथि आफ्नो दाबी गर्दै आएको छ। यसमा मुगाका चट्टान र द्वीप पनि शामेल छन्। जसमाथि अन्य देशले पनि दाबी गर्दै आएका छन्।

डा. स्वर्ण सिंह भन्छन्, ‘विगत एक दशकदेखि यो क्षेत्रमा तनाव जारी छ। चीनको कृतिक द्वीप बनाउने कोशिश, नौसेनाको आधुनिकीकरण, जहाजको पेट्रोलिङ र २०१० मा बनाइएको सबैभन्दा ठूलो एअरक्राफ्ट कैरियर। यसरी यो क्षेत्रमा चीन आफ्नो प्रभाव बढाइरहेको छ। र यसको तनाव सबै तटीय देशको सम्बन्धमा देखिएको छ। यस क्षेत्रमा बाँकी पाँच देश पनि आफ्नो दाबी गर्छन्। र सबै यस्तै कोशिश गरिरहो छन्। फरक के हो भने चीनको हैसियत निधै बलियो छ।’

डा. सिंह अगाडि भन्छन्, ‘चीन आफ्नो बढ्दो प्रभावसँगै थोरै अलग रणनीति पनि बनाएको छ। चीन सबैभन्दा पहिला आर्थिक व्यापार र आर्थिक सम्बन्धलाई अन्य मुलुकसँग यति गहिरो बनाउँ की तनाव भएपछि पनि ती मुलुक चीन विरुद्ध कडा प्रतिक्रिया दिन हच्किन्छन्। राष्ट्रपटि बिल क्लिन्टले एक पटक भनेका थिए, यदि हामीले चीनमाथि प्रतिबन्ध लगाउने हो भने हाम्रो देशमा १७ हजार रोजगारमा खतरा पैदा हुन्छ।’ यस्तोमा चीन पहिला आर्थिक सम्बन्ध राम्रो बनाउँछ। त्यसपछि रक्षा, सुरक्षा र सामरिक प्रभाव बनाउने कोशिश गर्छ। यस्तो अवस्थामा दक्षिणी चीन सागरलाई लिएर कुनै खास प्रतिक्रिया होला जस्तो मलाइ लाग्दैन।’

यस घटनाको दूरगामी परिणामका विषयमा डा. स्वर्ण सिंह भन्छन्, ‘ एसिया प्रशान्तमा चीनको निरंकुश प्रभावलाई हेर्नुपर्छ। होइन भने विना रोक तोक चीन आफ्नो काम गरिरहन्छ।’
अमेरिका र चीनको विवादमा भारत कहाँ छ ?
चीन दक्षिणी चीन सागरमा आफ्नो दाबी गरिरहेको छ। तर हिन्द महासागरको मुद्दामा उसले भारतलाई पनि हिन्द महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रलाई आफ्नो घरको आँगन नठान्न चेतावनी दिएको छ। चीन र अमेरिकाबीचको तनावमा भारतलाई अमेरिकाको नजिक मानिन्छ। यस्तो अवस्थामा के प्रश्न उढ्छ भने क्षेत्रीय तनावका कारण भारतमाथि के असर पर्नसक्छ?

डा. स्वर्ण सिंह भन्छन्, ‘९० को दशकसम्म भारत र चीन एउटै जस्ता मुलुक थिए। र चीनले तीव्र गतिमा आर्थिक विकास गरेपछि हिन्द महासागरमा उसको प्रभाव देख्न सकिन्छ। यस्तो अवस्थामा भारतमाथि त्यसको सिधा प्रभाव त पर्छ नै। भारतले यतिबेला कुनै एक पक्षलाई रोज्नु हुँदैन, भारतको जुन बहुपक्षीय जोड्ने नीति छ, भारत यसमै अगाडि बढ्नुपर्छ। भनाइको तात्पर्य के हो भने जतिधेरै मुलुकसँग भारतको सम्बन्ध हुन्छ र सहयोगको वातावरण कायम रहन्छ। त्यसले भारतलाई फाइदा गर्छ। र भारतले पहिलादेखि यस्तो पनि गरिरहेको छ। (बीबीसी। )
प्रतिक्रिया