प्रचण्डविरुद्ध ‘कू’ गर्ने योजना बनेकै स्थानमा एमाले–माओवादीको संयुक्त प्रशिक्षण
सारांश
- काठमाडौं, माघ २१।
- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमाले–माओवादी केन्द्रले संयुक्त प्रशिक्षण गरेका छन् ।
- प्रशिक्षण आइतबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको छ ।
काठमाडौं, माघ २१। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमाले–माओवादी केन्द्रले संयुक्त प्रशिक्षण गरेका छन् । प्रशिक्षण आइतबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको छ ।
२४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने तरिका सिकाउन प्रदेश–३ को संयुक्त प्रशिक्षण गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दए । उनका अनुसार प्रशिक्षणमा दुबै पार्टीका प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सहभागी रहेका छन्।
माओवादी नेता रामबहादुर थापा ‘बादल’, एमालेकी अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र काशीनाथ अधिकारीले प्रशिक्षण दिएका हुन् ।
सिद्धार्थ कटेज त्यही ठाउँ हो, जहाँ ०६८ मा पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मोहन बैद्य किरणको अगुवाईमा माओवादी शीर्ष नेताहरु भेला भएर प्रचण्डलाई अध्यक्षबाट पदच्युत योजना बनाएका थिए । पदच्युत गर्नमा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरु सहभागी थिए।
माओवादीको इतिहासमा पहिलो पटक केन्द्रीय समितिमा प्रचण्ड विरुद्ध बहुमत जुटेकाे त्यो पहिलो भेला थियो।
प्रतिक्रिया