इंग्लिश प्रिमियर लिग : आर्सनल चौथो स्थानमा उक्लियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
३२ पटक हेरिएको
Shares
इंग्लिश प्रिमियर लिग : आर्सनल चौथो स्थानमा उक्लियो

सारांश

  • काठमाडौं, ३ वैशाख।
  • वाट्फोर्डलाई हराउँदै आर्सनल इंग्लिश प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ ।
  • गएराति भएको खेलमा आर्सनलले वाट्फोर्डलाई १–० ले हरायो ।

काठमाडौं, ३ वैशाख। वाट्फोर्डलाई हराउँदै आर्सनल इंग्लिश प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले वाट्फोर्डलाई १–० ले हरायो । आर्सनलका लागि पिएरे एमरिक औबामायङ्गले दशौं मिनेटमा गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो ।

जितपछि ३३ खेलबाट ६६ अंक जोडेको आर्सनल चौथो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको चेल्सीको समान ६६ अंक भएपनि गोल अन्तरको आधारमा ऊ पाँचौ स्थानमा छ । छैटौं स्थानको म्यान्चेस्टर युनाइटेडको ६४ अंक छ ।

३४ खेलबाट ८५ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ८३ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्यामको ६७ अंक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?