अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको छः गभर्नर अधिकारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २८, २०७९
|
|
१९ पटक हेरिएको
Shares
अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको छः गभर्नर अधिकारी

सारांश

  • काठमाडौं।
  • दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।
  • राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालको आयोजनामा आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नारा दिइएको सम्मेलन दुई दिनसम्म चल्नेछ।

काठमाडौं। दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।

राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालको आयोजनामा आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नारा दिइएको सम्मेलन दुई दिनसम्म चल्नेछ।

अर्थतन्त्रका समसामयिक मुद्दाहरूमा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरू तथा नीति निर्माणमा संलग्न निकायहरूलाई कार्यान्वयनको लागि सुझाव दिने उद्देश्यका सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ।

सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकका देखिएको आर्थिक समस्याका बारेमा निष्कर्षमा पुगेर अर्थशास्त्रीहरुले राज्यलाई आवश्यक सुझाव दिनुपर्ने बताए।

उनले मुलुकको आर्थिक क्षेत्रमा सरोकारवाला निकायहरुले आर्थिक अवस्थाका बारेमा यकिन तथ्याङ्क दिनुपर्ने जिकिर गरे।

त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वका केहि देशहरुको तुलनामा नेपालको अर्थव्यवस्था नराम्रो नरहेपनि चूनौति भने रहेको बताए। कोरोनाका बर्ष केहि नकारात्मक सूचक देखिएपनि अहिले धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको उनको भनाइ छ।

गभर्नर अधिकारीले संरचनागत बिषयमा प्रसस्त सुधार गर्नुपर्ने देखिएको धारणा राखे।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले जलविधुतमा निजि क्षेत्र आएपछि धेरै बिकास भएपनि व्यापार बढाउन नसकिएको बताए। पहिचान भइसकेका बिषयको बिकासका लागि बाधा अवरोध हटाउन नकिएको उनको भनाइ छ।

सम्मेलनको पहिलो दिनको समसामयिक विषयहरुमा कार्यपत्रहरु प्रस्तुत भएको छ। सम्मेलनमा अर्थशास्त्रीहरू, बैंकर्स एसोसिएसनका प्रतिनिधि, उद्योग वाणिज्य महासङ्घ नेपाल, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लगाएतको सहभागीता रहेको छ।

सम्मेलनमार्फत लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उद्योगको प्रवर्द्धनमा र सूचना प्रविधि क्षेत्रमा टेवा पुर्‍याउन अर्थतन्त्रका विभिन्न विषयवस्तुमथि छलफल गरेर निष्कर्ष निकालिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?