विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
१६ पटक हेरिएको
Shares
विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

सारांश

  • दमौली।
  • नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन्।
दमौली। नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन्। 
पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन्। सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए। 
पक्राउ परेका हरूलाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराइ अनुसन्धान थालिएको छ। उनीहरूको साथबाट चन्दा रसिद बरामद गरिएको प्रहरीले जनाएको छ। 
चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गर्न थालेको छ। यसअघि प्रहरीले फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो। 
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?