नेकपा केन्द्रीय कमिटी बैठक जारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
३९ पटक हेरिएको
Shares
नेकपा केन्द्रीय कमिटी बैठक जारी

सारांश

  • काठमाडाैं।
  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको छ।
  • पार्टी एकता भएको डेढ वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरेका छन्।

काठमाडाैं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको छ। पार्टी एकता भएको डेढ वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरेका छन्। बैठकमा अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उद्घाटन सम्बोधन गरेका छन्।

प्रधानमन्त्री ओलीले सरकारका यसबीचका काम र उपलब्धिबारे पनि प्रस्तुत गरे। उद्घाटन सत्रमा सञ्चारकर्मीलाई पनि सहभागी गराइएको छ। नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ।

यस्तै विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन्। विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?
हेर्नुहोस् आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?
२ लाख  ५४ हजार कर  ८७ हजार रुपैयाँमा मिलाउने खरदार पक्राउ !
२ लाख ५४ हजार कर ८७ हजार रुपैयाँमा मिलाउने खरदार पक्राउ !
‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक
‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक
देउवाले के गरे यस्ताे ? जस्ले पौडेल र सिटौला किन आफै टक्कर गर्दैछन ?
देउवाले के गरे यस्ताे ? जस्ले पौडेल र सिटौला किन आफै टक्कर गर्दैछन ?
जनकपुरमा लाग्यो राजा आउ देश बचाउ नारा
जनकपुरमा लाग्यो राजा आउ देश बचाउ नारा
कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो , अमेरिकामा एकै दिन १९२६ जनाको मृत्यु
कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो , अमेरिकामा एकै दिन १९२६ जनाको मृत्यु
अन्तरदेशीय पूर्वाधार निर्माण गर्न डा राणाको आग्रह
अन्तरदेशीय पूर्वाधार निर्माण गर्न डा राणाको आग्रह
घर छोडेको अन्तिम रात : महराको सपरिवारले घर छोडेको हृदयविदारक रात पत्रकार डिल्ली मल्लको शव्दमा
घर छोडेको अन्तिम रात : महराको सपरिवारले घर छोडेको हृदयविदारक रात पत्रकार डिल्ली मल्लको शव्दमा
अबको चुनावमा नेपाली नागरिकले विदेशबाटै भोट दिन पाउने
अबको चुनावमा नेपाली नागरिकले विदेशबाटै भोट दिन पाउने
एकै प्रदेशमा ४० लाख नागरिकता बिहिन !
एकै प्रदेशमा ४० लाख नागरिकता बिहिन !

तपाईंले छुटाउनुभयो कि?