निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
४३ पटक हेरिएको
Shares
निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय

सारांश

  • पवित्रा घिमिरे : रामपुर, ८ फागुन / सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ ।
  • रामपुर वेझाडमा रहेको रामतुलसी माध्यमिक विद्यालय हिजोआज अभिभावक र विद्यार्थी दुबैको रोजाइ बन्न थालेको छ ।
  • प्रशस्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, खेल मैदान, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले आफूहरुलाई लालायित पारेको विद्यार्थी निशान सिग्देलले बताउनुभयो ।

पवित्रा घिमिरे : रामपुर, ८ फागुन / सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ ।

रामपुर वेझाडमा रहेको रामतुलसी माध्यमिक विद्यालय हिजोआज अभिभावक र विद्यार्थी दुबैको रोजाइ बन्न थालेको छ । प्रशस्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, खेल मैदान, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले आफूहरुलाई लालायित पारेको विद्यार्थी निशान सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो – “मायालु वातावरणमा शिक्षकले पढाउनाले नै यो स्कुल मन पर्छ ।”

पाल्पाका दुई वटा विद्यालय नमूना विद्यालयमा छनौट भएका छन् । विद्यार्थी सङ्ख्या, विज्ञान सङ्कायमा पढाइ हुने, पुस्तकालय, प्रयोगशालाको व्यवस्था, भौतिक संरचना, दश रोपनी जग्गासहितको हाता, कक्षा १ देखि १२ सम्मको कक्षा सञ्चालन, नियमित लेखा परीक्षण, अध्यापन शैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा २०७४ सालमा सरकारले नमूना विद्यालय छानेको थियो । यो विद्यालयलाई नमूना घोषणा गरिएको करीव ६ महिना पछि पाल्पाकै गंगा माध्यमिक विद्यालयले यो दर्जा पायो ।

नर्सरी कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपाली, विज्ञान तथा बाली विज्ञान विषयमा पढाइ हुने रामतुलसी मावि अहिले जिल्लामै धेरै विद्यार्थी सङ्ख्या हुनेमा दोस्रो स्थानमा छ । विद्यालयमा अहिले झण्डै दुई हजारको सङ्ख्यामा विद्यार्थी अध्ययनरत छन् । यहाँ अध्ययनका निम्ति पाल्पासँगै गुल्मी, पर्वत, अर्घाखाँची, स्याङ्जा, तनहुँ र नवलपुरबाट विद्यार्थी आएका छन् ।

सरकारी विद्यालयमा पनि नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि यस्ता विद्यालयप्रति सबैको आकर्षण बढेको शिक्षक लेखनाथ शर्मा मरासिनीले बताउनुभयो । उहाँका अनुसार स्याङ्जा, तनहुँ तथा नवलपुरजस्ता जिल्लाका अभिभावकले रामपुरमा कोठा भाडामा लिएर आफ्ना छोराछोरीलाई यस्ता विद्यालयमा पढाउन आएका छन् ।

सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई ठिक उल्टो पार्ने गरी बिहान घाम नलाग्दै विद्यालय पुग्ने विद्यालयका प्रधानाध्यापक बेलुकासम्मै विद्यालयमा खट्ने गरेको विद्यालयका सहयोगी कुलबहादुर दरैले बताउनुभयो । उहाँले भन्नुभयो – “हेडसर बिहानैदेखि स्कुलमा आएपछि बेलुकासम्मै खट्नुहुन्छ । समय भन्दा कसैले तलमाथि गर्न पाउँदैन । घण्टी बज्ने बित्तिकै सरहरु कक्षा कोठामा पस्नुहुन्छ । तोकिएको समयमा विद्यालय नपुग्ने विद्यार्थी र शिक्षकमाथि कारवाही हुन्छ ।”

समयमै विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलापबारे चासो राख्दा पनि विद्यार्थी र शिक्षकलाई अनुशासनमा डो¥याउन सहज हुने प्रधानाध्यापक बालकृष्ण लम्सालको अनुभव छ ।

विद्यालयमा उमेरले पाको भए पनि सबै शिक्षकलाई खाली समयमा कम्प्युटर सिक्न लगाइन्छ । विज्ञान र प्रविधिको समयमा अब कम्प्युटरमार्फत शिक्षा दिनका निम्ति आफूले ४५ वर्षको उमेरमा सिके पनि त्यो शीपले कम्प्युटरमार्फत नै प्रश्नपत्र निकाल्न र अन्य काम गर्न समेत सहज भएको शिक्षक शान्ति रानाले बताउनुभयो ।

रामपुर दर्छा खोप्टारको पाटीबाट शिक्षा दिन थालेको यो विद्यालय अहिले १४ वटा भवनमा सञ्चालित छ । विभिन्न सरकारी पदमा कार्यरत कर्मचारी उत्पादन गर्ने रामपुरकै पुरानो विद्यालयका रुपमा परिचित रामतुलसी विद्यालयमा अध्ययन गरेका धेरैजना विभिन्न सरकारी ओहदामा रहेको र यसक्षेत्रकै गौरवमय शैक्षिक संस्थाका रुपमा विद्यालय परिचित रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई बताउनुहुन्छ ।

कुल ७५ जना शिक्षकले अध्यापन गराउने यस विद्यालयमा गत वर्ष मात्रै ३५० जना नयाँ विद्यार्थी भर्ना हुन आएका थिए । निजी र आवासीयबाट १५० जना विद्यार्थी अध्ययनका निम्ति आएका विद्यालयले जनाएको छ । अहिले पाल्पा जिल्लामा ४३७ सरकारी तथा ६० संस्थागत विद्यालय रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको पर्यटकीय सम्भावना अध्ययन गरिँदै
पोखराको पर्यटकीय सम्भावना अध्ययन गरिँदै
Kapil Sharma spotted with a bulging belly at a supermarket in Amsterdam, looks totally unrecognizable!
Kapil Sharma spotted with a bulging belly at a supermarket in Amsterdam, looks totally unrecognizable!
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
अबको राष्ट्रपति कांग्रेसबाट बन्ने महामन्त्री शर्माको दाबी
अबको राष्ट्रपति कांग्रेसबाट बन्ने महामन्त्री शर्माको दाबी
इन्डियन प्रिमियर लिगमा कस्ले कति पैसा पाए ? कसलाई कुन अवार्ड ?
इन्डियन प्रिमियर लिगमा कस्ले कति पैसा पाए ? कसलाई कुन अवार्ड ?
कांग्रेसको चियापनमा शीर्ष नेताको भेटघाट
कांग्रेसको चियापनमा शीर्ष नेताको भेटघाट
जनतामा स्वच्छ खानेपानी पु¥याउन विकास तथा प्रविधि समितिको निर्देश !
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
नेत्र ज्योति संघ उदयपुर मा राउत
नेत्र ज्योति संघ उदयपुर मा राउत
खेतको काम सकेर घर जाँदा खोलाले बगाएर मृत्यु
खेतको काम सकेर घर जाँदा खोलाले बगाएर मृत्यु