पौडी–पदाधिकारीका षडयन्त्रको शिकार बन्दै कीर्तिमानी खेलाडी गौरीका

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पौडी–पदाधिकारीका षडयन्त्रको शिकार बन्दै कीर्तिमानी खेलाडी गौरीका

सारांश

  • कीर्तिमानी चर्चित पौडी खेलाडी गौरीका सिंह नेपाल पौडी संघका पदाधिकारीहरूको षडयन्त्रको शिकार भएकी छिन् ।
  • गौरीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट वञ्चित तुल्याउन संघले यस्तो षडयन्त्र गरेको जानकारीमा आएको छ ।
  • कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन राष्ट्रिय प्रतियोगिता खेल्नु अनिवार्य गरिएको छ ।

कीर्तिमानी चर्चित पौडी खेलाडी गौरीका सिंह नेपाल पौडी संघका पदाधिकारीहरूको षडयन्त्रको शिकार भएकी छिन् । गौरीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट वञ्चित तुल्याउन संघले यस्तो षडयन्त्र गरेको जानकारीमा आएको छ ।

कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन राष्ट्रिय प्रतियोगिता खेल्नु अनिवार्य गरिएको छ । यतिबेला बेलायतमा रहेकी गौरीकाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनकै निम्ति राष्ट्रिय प्रतियोगिता खेल्न जरुरी छ । त्यसको लागि गौरीका र उनका अभिभावकले नेपाल पौडी संघका पदाधिकारीसँग सम्पर्क गर्दै आइरहेकी छिन् ।

तर विडम्बना ! पौडी संघले पटक–पटक राष्ट्रिय प्रतियोगिताको मिति तय गर्ने र सार्ने गर्दै आएपछि गौरीकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने सन्त्रासले पिरोलेको छ । पौडी संघसम्बद्ध एक विश्वस्त स्रोतका अनुसार गौरीकालाई संघले एउटा समय दिने, उनी त्यो टाइम ‘मीट’ गर्न नेपाल आइपुग्दा फेरि संघले समय परिवर्तन गरिदिने उपक्रम चचेको छ । यो उनलाई दुःख दिनकै लागि गरिएको स्रोतको दाबी छ । यो कतै गौरीकाको खेल–जीवन नै समाप्त गर्ने दुर्उद्देश्यले संघले चलखेल गरिरहेको त होइन भन्ने आशङ्का समेत एकथरिले गरेका छन् । पौडी संघको यस्तो रवैयाबाट गौरीकाका अभिभावक पनि सशंकित भएका बुझिएको छ ।

राष्ट्रिय प्रतियोगिता खेल्न नपाए नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग), आउँदो वर्ष इण्डोनेसियामा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता र जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदसमेत गौरीकाले गुमाउनुपर्ने हुन्छ । राष्ट्रिय प्रतियोगिता नखेली एसियाली र ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन पाइँदैन ।

गौरीकाले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए अन्य खेलाडीहरू पाखा लाग्ने पक्का छ । नेपालमा गौरीकालाई उनको समूहमा चुनौती दिने महिला खेलाडी हालसम्म देखिएको छैन । महिला त के पुरुष खेलाडी पनि गौरीकालाई चुनौती दिन सक्दैनन् । यो कुरा पौडी संघका पदाधिकारीले राम्रोसँग बुझेका छन् । त्यसैले पौडी संघले गौरीकालाई राष्ट्रिय प्रतियोगिताबाट टाढा राख्न यस्तो रणनीति अख्तियार गरेको हुनसक्ने अड्कल काटिन थालेको छ । यस्तो चलखेल गर्नुमा संघका पदाधिकारीका छोराछोरी तथा आफन्तहरू नै पौडी खेलाडी रहनु र गौरीकाको क्षमतासामु उनीहरू टिक्न नसक्ने कारण रहेको बताइन्छ । ज्ञातव्य छ, गरिमा राणाकी छोरी गौरीका नेपालकी कीर्तिमानी पौडी खेलाडी हुन् । उनले भारतको गुवाहटी र सिलोङमा सम्पन्न १२औँ सागमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । विडम्बना ! पौडी संघको षडयन्त्रले गर्दा गौरीका राष्ट्रिय प्रतियोगिताबाट वन्चित हुने अवस्था श्रृजना भैरहेको छ । गम्भीर कुराचाहिँ के छ भने परोक्ष रूपले पौडी संघले यस्तो चलखेल गर्दा पनि खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद भने अझै यसबारे अनविज्ञ नै छ । यो खुलासापश्चात् अब राखेपले गौरीकामाथि पौडी संघले गरेको अन्यायबाारेमा कस्तो कदम चाल्छ, तीव्र प्रतीक्षाको सन्दर्भ बन्न पुगेको आजको घटना र विचार साप्तहिकमा खबर छ  ।

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कहि नभएको जात्रा पेरिसडान्डामा  !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
कहि नभएको जात्रा पेरिसडान्डामा !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने
पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
Mostbet-27 Türkiye’de Bahis Ve On Line Casino Bonus 2500+250fs
मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
रामचन्द्र पाैडेललाई शशांकको जवाफ ‘तपाईं धेरै उत्तेजित नहुनुहोस्’
अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई
अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई
दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त
दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त
राष्ट्रपतिका लागि दुई पूर्वसभामुखको भीडन्त
राष्ट्रपतिका लागि दुई पूर्वसभामुखको भीडन्त

तपाईंले छुटाउनुभयो कि?