पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २३, २०७९
|
|
२८ पटक हेरिएको
Shares
पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने

सारांश

  • इस्लामावाद ।
  • पाकिस्तानका निर्वासित पूर्व सैनिक शासक परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याइने भएको छ ।
  • सन् २०१६ मा स्वास्थ्य समस्या देखिएपछि पाकिस्तानबाट दुबई पुगी निर्वासनमा रहँदै आएका मुसर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको थियो ।

इस्लामावाद । पाकिस्तानका निर्वासित पूर्व सैनिक शासक परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याइने भएको छ ।

सन् २०१६ मा स्वास्थ्य समस्या देखिएपछि पाकिस्तानबाट दुबई पुगी निर्वासनमा रहँदै आएका मुसर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको थियो । पाकिस्तानी वरिष्ठ अधिकारीहरुले उहाँको शव सोमबार स्वदेश फर्काइने र अन्त्येष्टि गरिने बताएका छन् ।

मुसर्रफले सन् १९९९ मा रक्तपातरहित ’कू’ गरेर सत्ता कब्जा गरेका थिए। संयुक्त राज्य अमेरिकामा सेप्टेम्बर ११ को हमला हुँदा उनी पाकिस्तानको सेना प्रमुख, प्रमुख कार्यकारी र राष्ट्रपतिको रूपमा काम गरिरहेको थिए ।

जनरलले दुई पटक पाकिस्तानी संविधान निलम्बन गरेको, जनमत संग्रहमा धाँधली गरेको र आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको थियो । साथै उनको लगभग नौ वर्षको शासनकालमा विपक्षीहरूलाई गोलमा हालेर अधिकारको व्यापक उल्लङ्घन गरेको आरोप पनि लगाइने गरेको छ ।

ब्रुकिङ्स इन्स्टिच्युसनकी विश्लेषक मदिहा अफजलले एएफपीसँग भने, “अन्ततः उहाँले पाकिस्तानीहरूमा प्रत्यक्ष सैन्य शासनको गहिरो अरुचि साथ बहिर्गमन गरेका थिए।

पाकिस्तानी सेनाले उनीबाट सिक्दै अहिले पर्दा पछाडि धेरै शक्ति प्रयोग गरेपनि यो फेरि प्रत्यक्ष रूपमा सत्तामा रहन चाहँदैन ।

उनको कार्यकालमा पाकिस्तानलाई विदेशी सहायताको ठूलो प्रवाह भएको थियो र यसले अर्थव्यवस्थालाई बलियो बनाएको थियो ।

मुसर्रफ ‘एमाइलोइडोसिस’ नामक दुर्लभ रोगबाट पीडित थिए। गत ग्रीष्मऋतुमा उनको परिवारले उहाँलाई निको हुने कुनै सम्भावना नरहेको बताएको थियो ।

सेनाको सञ्चार शाखाले आइतबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा जनरल परवेज मुसर्रफको निधन भएको र वरिष्ठ सैन्य प्रमुखहरूले समवेदना व्यक्त गरेका सूचना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिलेसम्म प्रतिनिधि र प्रदेशसभा सदस्यामा (नेकपा) एमालेले कति ठाउँ जिते ? (पुर्णसुचिसहित)
अहिलेसम्म प्रतिनिधि र प्रदेशसभा सदस्यामा (नेकपा) एमालेले कति ठाउँ जिते ? (पुर्णसुचिसहित)
साउदीमा अब विदेशी कामदारले काम फेर्न र देश छोड्न पाउने
साउदीमा अब विदेशी कामदारले काम फेर्न र देश छोड्न पाउने
एसइइ प्रश्नपत्र चोरिएपछि २४सै घण्टा सीसीटीभी निगरानीमा
एसइइ प्रश्नपत्र चोरिएपछि २४सै घण्टा सीसीटीभी निगरानीमा
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
आज पुष १, हेर्नुहोस अहिले सम्म कहाँ कहाँ के के घटनाहरु भए ! प्रहरी बुलेटिन
आज पुष १, हेर्नुहोस अहिले सम्म कहाँ कहाँ के के घटनाहरु भए ! प्रहरी बुलेटिन
मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गर्न आग्रह
मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गर्न आग्रह
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
महाेत्तरीमा क्रसर उद्योग  सञ्चालनमा रोक
महाेत्तरीमा क्रसर उद्योग सञ्चालनमा रोक
मेरो बाल्यकालसँग जोडिएको जनयुद्व
मेरो बाल्यकालसँग जोडिएको जनयुद्व
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा थप एक डाक्टर पक्राउ
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा थप एक डाक्टर पक्राउ

तपाईंले छुटाउनुभयो कि?