अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०८०
|
|
४३ पटक हेरिएको
Shares
अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई

सारांश

  • काठमाडौं ।
  • नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताएका छन् ।

५९औँ विद्यार्थी दिवसका अवसर पारेर आज आयोजित कार्यक्रममा उनले वामपन्थी समाजवादी शक्तिले आफूलाई रुपान्तरण गरेमात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताए ।

‘हामीले समाजवादी विकल्प दिन सक्यौँ भने जनताको आशा अपेक्षा पूरा गर्न सकिन्छ । हिजोकै गाथा गाइरह्यौँ, वितगकै जस्तो व्यवहार देखाउन थाल्यौँ र सत्तामा गएर भ्रष्टीकरण भयौँ र तिनको प्रतिरक्षामा लाग्यौँ भने आगामी दिनमा जनताले हामीलाई नकार्ने छन्’, उनले भने ।

वर्तमान अवस्थामा मुलुक अग्रगमन र पश्चगमनको बीचमा मडारिरहेको जनाउँदै उनले आगामी केही वर्ष धेरै गम्भीर हुने देखिएको आँकलन गरे । मुलुकमा देखिएको बेथिती अन्त्य गर्न आफूहरुले राजनीतिक तवरमा छलफल गरिरहेका उनको भनाइ छ ।

‘फेरि पनि हामीले आफूलाई रुपान्तरण गरेर अग्रगामी राननीतिक विकल्प दिन्छौँ । युवा विद्यार्थीले पनि भ्रष्टाचार, बेथिती, बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायतका मुद्दा उठाएर नेतृत्व गर्नुपर्छ’, उनले भने । संविधानमा स्वास्थ्य, शिक्षा, रोजगारीलगायत नागरिक अधिकारलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको भए पनि अझै नागरिक मौलिक हक प्राप्त गर्नबाट वञ्चित भएको बताए ।

‘संविधानमा शिक्षा मौलिक अधिकारका रुपमा राखिएको छ, विविध कारणले सबैलाई शिक्षा दिन सकिएको छैन । गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेको छैनन् । देशभित्रै सम्मानजक रोजगारी प्राप्त गर्ने अवसथा अझै भएको छैन’, पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘ठूलो सङ्ख्या यो देशप्रति आफ्नो भविष्य देख्न छाडेर पलायन भइरहेको छ, रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि पनि लाइन लागिरहेको छ, यसका लागि विद्यार्थी सङ्गठनल घोत्लिएर सोच्नुपर्ने छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
उच्च पदस्थका घरमा बसेका ७४ प्रहरी फिर्ता
उच्च पदस्थका घरमा बसेका ७४ प्रहरी फिर्ता
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
ओलीको अडान र विरोधीको पेलान, अब के होला ?
ओलीको अडान र विरोधीको पेलान, अब के होला ?
वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि
वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि
एक महिना अघि मात्रै फर्किएका पूर्वराजा फेरि बैंकक जाँदै
एक महिना अघि मात्रै फर्किएका पूर्वराजा फेरि बैंकक जाँदै
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा
कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा
द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौंः मुख्यमन्त्री शाही
द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौंः मुख्यमन्त्री शाही