सालकको खपेटासहित एक महिला पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ८, २०७९
|
|
३० पटक हेरिएको
Shares
सालकको खपेटासहित एक महिला पक्राउ

सारांश

  • काठमाडौँ ।
  • नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग गोङ्गबु काठमाडौँबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–११ मनमैजु पुलबाट अन्दाजी साढे दुई किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा श्रेष्ठले सञ्चालन गरेको एसएस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा तथा रु २० हजारसहित फेला पारी उनलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेकी श्रेष्ठका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?