मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०८०
|
|
२६ पटक हेरिएको
Shares
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु

सारांश

  • दमौली (तनहुँ)।
  • मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ।
  • मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने-पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदीबाट कालोपत्र थालनी गरेको हो।

दमौली (तनहुँ)। मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ। मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने-पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदीबाट कालोपत्र थालनी गरेको हो।

पहिलो दिन बिहीबार चार सय २० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए। उनका अनुसार फागुनको अन्तिमसम्म एकतर्फीरुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ।

उनले आजदेखि म्याग्दे गाउँपालिकास्थित जामुने र शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट पनि कालोपत्रको काम अगाडि बढ्ने जानकारी दिए। उनले भने, “अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रको काम अगाडि बढ्छ । आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन्।”

पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने उनले जानकारी दिए। सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ। यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो।

धुलो र हिलालेले आजित भएका स्थानीय बासिन्दा कालोपत्र सुरु भएपछि आशावादी बनेको स्थानीय शंकर पन्तले बताए। उनले भने, “सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन्। धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो।” उनले गुणस्तरीय काम गराउनका लागि आफूहरुले पनि निरन्तर अनुगमन गर्ने उल्लेख गरे।

मुग्लिन पोखरा सडक विस्तारका लागि यो खण्डमा काम निकै सुस्त थियो। भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक यो खण्डको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका थिए।

पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ। यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ। जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ।

यसैगरी पूर्वी खण्डमा भने १९ दशमलव ५ किमी सडकखण्ड कालोपत्र भइसकेको छ। आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्र सकिएको हो। मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका-१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका-१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए। त्यसमध्ये ७.२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ। यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ। पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ। व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल बन्दैछ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बम बिस्फोटमा ज्यान गुमायका बिनोदको परिवारलाइ राज्यको र्तफबाट २५ लाख दिइने
बम बिस्फोटमा ज्यान गुमायका बिनोदको परिवारलाइ राज्यको र्तफबाट २५ लाख दिइने
मिटरब्याजी पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि छलफल
मिटरब्याजी पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि छलफल
एमालेको विरोधमा नेपालगन्ज बन्दः मोर्चाद्वारा बसमा आगजनी
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा
रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !
रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !
कालोपत्र नभएको भन्दै बौद्ध सडक बन्द
कालोपत्र नभएको भन्दै बौद्ध सडक बन्द
चितवनमा प्रचण्ड विक्रम र पछिल्लो अपडेट !
चितवनमा प्रचण्ड विक्रम र पछिल्लो अपडेट !
पहिरोले फेरि मुग्लिङ–नारायणगढ सडकखण्ड बन्द
पहिरोले फेरि मुग्लिङ–नारायणगढ सडकखण्ड बन्द
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !
प्रचण्डको स्पष्टीकरण  हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
प्रचण्डको स्पष्टीकरण हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे

तपाईंले छुटाउनुभयो कि?