मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
३५ पटक हेरिएको
Shares
मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित

सारांश

  • काठमाडौँ ।
  • निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) की नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएको जानकारी गराएको छ ।
  • आयोगको आज बसेको बैठकले शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको जानकारी दिएको छ ।

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) की नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएको जानकारी गराएको छ ।

आयोगको आज बसेको बैठकले शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको जानकारी दिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएकी हुन् । विसं २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको क्रम ५२, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमानको निधन भएपछि सो पद रिक्त भएको थियो ।

सो रिक्त पदमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहेकी शर्मा निर्वाचित भएको आयोगले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ । शर्मालाई प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको आयोगको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको निर्णयको जानकारी सङ्घीय संसद् र सम्बन्धित दललाई दिइने प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने
त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने
पहिरो पीडितको पीडा– टहराको बास र मागेको गाँस कहिलेसम्म ?
पहिरो पीडितको पीडा– टहराको बास र मागेको गाँस कहिलेसम्म ?
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
बाबुराम-उपेन्द्रको चाहना पनि गठबन्धनतिरै !
बाबुराम-उपेन्द्रको चाहना पनि गठबन्धनतिरै !
ओली र प्रचण्ड समान कुसीमा बस्दै सुरु भयो नेकपाको सचिवालय बैठक
ओली र प्रचण्ड समान कुसीमा बस्दै सुरु भयो नेकपाको सचिवालय बैठक
आफैं उम्मेदवार, आफैं कार्यकर्ता !
आफैं उम्मेदवार, आफैं कार्यकर्ता !
स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी
स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ
गठबन्धन बैठक सकियो, सिट बाँडफाँडको विषय निष्कर्षमा पुगेन
गठबन्धन बैठक सकियो, सिट बाँडफाँडको विषय निष्कर्षमा पुगेन
सत्यमोहन जोशीले आज १०० वर्षमा टेके, महानगरले दियो सार्वजनिक विदा
सत्यमोहन जोशीले आज १०० वर्षमा टेके, महानगरले दियो सार्वजनिक विदा

तपाईंले छुटाउनुभयो कि?