स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
५४ पटक हेरिएको
Shares
स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

सारांश

  • नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किएका छन् ।
  • उच्च सुरक्षाका साथ सीको कारगेड सवारी होटल सोल्टीबाट त्रिभूवन विमानस्थलतर्फ भएको थियो ।
  • सीको बिदाईका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका थिए ।

नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किएका छन् । उच्च सुरक्षाका साथ सीको कारगेड सवारी होटल सोल्टीबाट त्रिभूवन विमानस्थलतर्फ भएको थियो । सीको बिदाईका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका थिए ।

हिजो नेपाल अवतरण हुँदा पनि चिनियाँ राष्ट्रपतिको स्वागतमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विमानस्थल पुगेका थिए । २३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको उच्चस्तरीय भ्रमणलाई उच्च प्राथमिकता दिँदै विशेष सम्मानका नेपाल सरकारले बिदाई गरेको छ ।

शनिबार अपरान्ह भारत हुँदै नेपाल आइपुगेका चिनियाँ राष्ट्रपतिले आज विहानैदेखि उच्चस्तरीय भेटवार्तालाई तिव्रता दिएका थिए । नेकपा र नेपाली कांग्रेका शिर्ष नेताहरुको भेटवार्ता पछि चीनका राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको वार्तामा वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।

वार्ता समाप्त भएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
नोभेम्बर दोस्रो साताबाट  बाघ गणनाको तयारी
नोभेम्बर दोस्रो साताबाट बाघ गणनाको तयारी
आफ्नो मालिकको हत्यारालाई कुकुरले मारेपछि……
आफ्नो मालिकको हत्यारालाई कुकुरले मारेपछि……
नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल र चर्चित गायक सञ्जय श्रेष्ठ एमाले प्रवेश
नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल र चर्चित गायक सञ्जय श्रेष्ठ एमाले प्रवेश
प्रचण्डलार्इ गम्भीर बनाउने अाेलीकाे याे ट्वीट, जस्ले पार्टी एकतामा धक्का पुग्न सक्छ !
देउवा महाधिवेशन कार्यतालिका परिवर्तन नगर्ने पक्षमा
देउवा महाधिवेशन कार्यतालिका परिवर्तन नगर्ने पक्षमा
निर्मलाका हत्यारा पत्ता लाग्नेमा शंका
निर्मलाका हत्यारा पत्ता लाग्नेमा शंका
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
आफ्नै पार्टिका सांसदद्वा सञ्चारमन्त्रीको राजीनामा माग
आफ्नै पार्टिका सांसदद्वा सञ्चारमन्त्रीको राजीनामा माग
रजनीकान्त र अक्षय कुमारको चलचित्र २.० कतिमा निर्माण भयाे ?
रजनीकान्त र अक्षय कुमारको चलचित्र २.० कतिमा निर्माण भयाे ?