धामी–झाँक्रीकै विश्वासमा अधिकांश आँखा रोगी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
३४ पटक हेरिएको
Shares
धामी–झाँक्रीकै विश्वासमा अधिकांश आँखा रोगी

सारांश

  • चौतारा ।
  • सिन्धुपाल्चोकको सदरमुकाम चौताराका अधिकांश आँखारोगी झारफुकमा नै विश्वास गर्ने गरेको पाइएको छ ।
  • चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीको टोलीले गरेको एक सर्वेक्षणअनुसार आँखारोगी अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो ।

चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौताराका अधिकांश आँखारोगी झारफुकमा नै विश्वास गर्ने गरेको पाइएको छ । चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीको टोलीले गरेको एक सर्वेक्षणअनुसार आँखारोगी अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो ।

अप्थाल्मोलोजी विभाग महारागञ्ज मेडिकल क्याम्पस चिकित्साशास्त्रमा अध्ययनरत ब्याचलर अफ अप्टोमेट्री एक्काइसौँ ब्याचका विद्यार्थीहरूले सदरमुकाम चौतारामा तीन सय घरधुरीमा शारीरिक, मानसिक र आँखा स्वास्थ्यको अवस्थाबारे सर्वेक्षण गरेका थिए । एक महिने सो सर्वेक्षणमा उनीहरूले अधिकांशमा उच्च रक्तचापको समस्या भएको तथ्याङ्क पनि सार्वजनिक गरेका छन् ।

सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमअन्तर्गत द्वितीय सामुदायिक प्रस्तुतीकरण कार्यक्रमका क्रममा उनीहरूले उच्च रक्तचापबाट मुटुमा समस्या उत्पन्न गर्ने सवालमा पनि चौतारावासी अनविज्ञ रहेको खुलासा गरे । खासगरी उच्च रक्तचापबाट जोडिएर आउने अन्य रोगका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारले कार्यक्रम बनाउनुपर्नेमा कार्यक्रममा विद्यार्थीहरूले स्थानीय सरकारका प्रमुख, प्रतिनिधि र सरोकारवालाको ध्यानाकर्षित गरे ।

कार्यक्रममा चेवन आचार्यले प्रस्तुत गरेको प्रतिवेदनअनुसार अधिकांश वडावासीमा दृष्टिदोष, सुक्खा आँखा, छड््के आँखा र अन्धोपनको समस्या रहेको छ । वडावासीका घरघरमा पुगी सवेक्षणसँगै उपचार र उचित परामर्श सेवा प्रदान गरेको विद्यार्थी चिरञ्जीवी शाहले जानकारी दिए ।

चिकित्साशास्त्रमा अध्ययनरत १० जनाको टोलीले श्रीकृष्ण रत्नगङ्गा माविमा आँखा स्क्रिनिङ सेवा र वडा नं ५ को कार्यालयमा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो ।

प्रस्तुतीकरण कार्यक्रममा उपप्रमुख सीता थापाले आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा व्यक्त गरे । वडाध्यक्ष शिव श्रेष्ठले सर्वेक्षणमात्र नभई स्थानीय जनताको स्वास्थ्य परीक्षण र उपचार गरेकामा विद्यार्थीलाई धन्यवाद दिए । चौतारा साँगाचोकगढी नगरपालिका–५ र विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँको समन्वयमा एक महिनाअघिदेखि समुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोक–१ मा माओवादी ४ हजार बढी मतले आगाडी !
सिन्धुपाल्चोक–१ मा माओवादी ४ हजार बढी मतले आगाडी !
यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?
यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?
सुब्बाले न्यायाधीशको घुस पोल खोलिदिएपछि…
सुब्बाले न्यायाधीशको घुस पोल खोलिदिएपछि…
अध्यक्ष नेपाल भन्छन् :  सरकार पाँचै वर्ष चल्छ
अध्यक्ष नेपाल भन्छन् : सरकार पाँचै वर्ष चल्छ
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद
सरकारले गर्याे १४ सहसचिवकाे सरूवा
सरकारले गर्याे १४ सहसचिवकाे सरूवा
समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड
समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र
योगेश भट्टराई विजयी , १२ हजार पाँच सय ९१ मत अन्तर !
योगेश भट्टराई विजयी , १२ हजार पाँच सय ९१ मत अन्तर !
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि

तपाईंले छुटाउनुभयो कि?