सुब्बाले न्यायाधीशको घुस पोल खोलिदिएपछि…
सारांश
- काठमाडौं ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालत फाँट नम्बर २६ मा काम गर्ने नायव सुब्बा भोलानाथ चालिसेले घुस लिँदा लिँदै पक्राउ गर्र्यो ।
- चालिसेलाई ५ लाख रुपैयाँ घुससहित अख्तियारले पक्रेको थियो ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालत फाँट नम्बर २६ मा काम गर्ने नायव सुब्बा भोलानाथ चालिसेले घुस लिँदा लिँदै पक्राउ गर्र्यो । चालिसेलाई ५ लाख रुपैयाँ घुससहित अख्तियारले पक्रेको थियो ।
पक्राउ परेका चालिसेले अख्तियारले अनुसन्धानको क्रममा घुस लिएको रकम काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई घुस रकम बुझाउनुपर्ने बयान दिए । न्यायाधीश बानियाको ईजलासमा बिचाराधिन रहेको सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गरी दिने भनी न्यायाधीश बाबुकाजी बानियाँको सल्लाह र सहमतिमा लिएको भनी चालिसेले बयान दिए । आफूहरुले न्यायाधीशसँगको मिलेमतोमा घुस लिएको बयान दिए ।
आफूले थोरै मात्र रकम लिने र अरु सबै न्यायाधीशलाई बुझाउनुपर्ने सुब्बा चालिसेले बयान दिएका थिए । अख्तियारले न्याय परिषदमा पत्र लेखेर पठाएपछि न्यायाधीश बानियालाई काजमा तानिसकिएको छ । न्यायाधीशको विषयमा छानबिन शुरु भैसकेका छ । अख्तियारले ५ लाख रुपैया बिगो माग दाबी सहितसुब्बा चालिसेलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा बुधबार दर्ता गरिसकेको छ ।
प्रतिक्रिया