अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र

सारांश

  • अछाम, असार १४- दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अछाममाकांग्रेस र माओवादी केन्द्रले सत्ताको चरम दुरुपयोग गर्दै राज्य आतंकको नांगो रुपमा देखाएको छ ।
  • एमालेलाई मत दिए ज्यानै मार्ने धन्दै मतदातालाई धम्क्याउने, पैसा बाँड्ने, प्रहरी लगाएर मौन अवधिमा प्रचार गर्ने जस्ता कामबाट नअघाएका कांग्रेस–माओवादीले मतदान केन्द्रमै वितण्डा मच्चाएका हुन ।
  • जनमतबाट निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने भएपछि कांग्रेस–माओवादीले सरकारी तवरबाट जालसाँजी गरेको प्रमाण फेला परेको छ ।

अछाम, असार १४- दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अछाममाकांग्रेस र माओवादी केन्द्रले सत्ताको चरम दुरुपयोग गर्दै राज्य आतंकको नांगो रुपमा देखाएको छ । एमालेलाई मत दिए ज्यानै मार्ने धन्दै मतदातालाई धम्क्याउने, पैसा बाँड्ने, प्रहरी लगाएर मौन अवधिमा प्रचार गर्ने जस्ता कामबाट नअघाएका कांग्रेस–माओवादीले मतदान केन्द्रमै वितण्डा मच्चाएका हुन ।

जनमतबाट निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने भएपछि कांग्रेस–माओवादीले सरकारी तवरबाट जालसाँजी गरेको प्रमाण फेला परेको छ । मेल्लेख गाउँपालिकाको दुर्गा माध्यामिक मतदान केन्द्रमा लागू गर्न खोजिएको योजनालाई एमालेका कार्यकर्ताले असफल पारेका छन् । कांग्रेस–माओवादीको गठबन्धन हुँदा पनि नजित्ने निश्चित भएपछि एमालेको किल्ला ठानिएको उक्त केन्द्रमा मतपत्रमै डटपेनले धर्का तानेर मतदातालाई दिने काम भएको छ । त्यहाँ मतदान अधिकृत भएर पुगेका अमरबहादुर स्वाँरले तीन दिनअघि नै कांग्रेसका स्थानीय नेताहरुसँग मिलेर त्यस्तो योजना बनाएको तथ्य खुलेको छ । सोही योजनाअनुरा उनले एमाले मतदातालाई मतपत्रमै डटपेनले धर्का लगाएर मतपत्र दिएका हुन ।

‘सय–सयको संख्यामा रहेका मतपत्रका तीनवटा ठेलीमा डट्पेनले कोरिएको भेटियो । ९० प्रतिशत मत एमालेलाई खस्ने अनुमान गरिएको उक्त केन्द्रका ती सबै मत रद्द गराएर कांग्रेस–माओवादीलाई जिताउन सकिन्छ भनेर निर्वाचन अधिकृतले अघिल्लै दिन डट्पेनले आफैँ धर्का लगाएको खुलेको छ,’ स्रोतले भन्यो । पछि एमालेका कार्यकर्ताले निर्वाचन अधिकृत स्वाँरलाई गम्भीर आपत्ति जनाएपछि ती मतपत्र बन्द गरिनुका साथै यसअघि रेखा हालिएकालाई पनि सदर मान्ने मुचुल्का तयार पारिएको छ ।

त्यस्तै साँफे नगरपालिकाको रिडिकोट केन्द्रमा कांग्रेसका जिल्ला सभापति भरतबहादुर स्वाँर र राजाका विरुद्ध जनआन्दोलन चल्दा राजनीति छाडेर फोटोग्राफी गर्छु भन्दै हिँडेका पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाहको नेतृत्वमा एमाले समर्थकमाथि ज्यादती गरिएको छ । फर्जी मत हाल्न लाग्दा एमालेकी कार्यकर्ता रेखा कुमालले प्रतिवाद गरेपछि उनीमाथि अपशब्द प्रयोग गर्दै नेताका नाम जोडेर बेइज्जत गरिएको छ । तर, एमाले कार्यकर्ताले प्रतिवाद गरेर फर्जी मत हाल्न रोकेका छन् ।

एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसक्ने र हार्ने निश्चित भएपछि मंगलसैन नगरपालिकामा एउटै प्यानल बनाएर लडेका कांग्रेस–माओवादीले निर्वाचन टोेलीलाई प्रयोग गरेर धाँधली गर्न खोजेका छन् । अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीको प्यानल बनाएर लडेका उनीहरुले मतदान प्रतिनिधि चाहिँ दुबै पदमा चुनाव लडेको एमालेको जत्तिकै माग गर्दै उनीहरुलाई आठ र एमालेलाई चार प्रतिनिधि तोकिएकोमा एमालेले कडा विरोध जनाएर त्यसलाई असफल पारेको छ ।

अछाममै रहनुभएका एमाले उपाध्यक्ष तथा सात नम्बर प्रदेश इन्चार्ज भीम रावलले सुदुरपश्चिमका सवै मतदान स्थलमा सत्ताधारीले आतंक मच्चाएको बताउनु भयो । ‘प्रहरी–प्रशासन र निर्वाचन टोलीलाई चरम दुरुपयोग गरिएको छ, हाम्राविरुद्ध कांग्रेस–माओवादी मिल्दा पनि जित्न नसक्ने भएपछि अनेक षड्यन्त्र गरिएको छ । तर, ती सबैलाई चिरेर हामी जित्छौँ,’ रावलले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ
सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
साउन २८ गते मंगलबारको राशिफल यस्तो छ
नेपाल आइडलको अन्तिम ११ मा सुजाता, छोरीलाई भोट माग्दै परिवारजन
नेपाल आइडलको अन्तिम ११ मा सुजाता, छोरीलाई भोट माग्दै परिवारजन
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
पार्टीभित्र एकता जरुरीः सभापति देउवा
पार्टीभित्र एकता जरुरीः सभापति देउवा
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
बाबुराम-उपेन्द्र एकता, करिश्मा मानन्धर बेपत्ता !
बाबुराम-उपेन्द्र एकता, करिश्मा मानन्धर बेपत्ता !
“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” झुठो साबित
“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” झुठो साबित
विद्युत् चोर्ने कर्मचारी कोही जेलमा, कोही तारेखमा
विद्युत् चोर्ने कर्मचारी कोही जेलमा, कोही तारेखमा

तपाईंले छुटाउनुभयो कि?