बेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १४, २०७९
|
|
२० पटक हेरिएको
Shares
बेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै

सारांश

  • कञ्चनपुर ।
  • सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ ।
  • नगरपालिकाको वडा नं ३ मा रु नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो ।

कञ्चनपुर । सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ ।

नगरपालिकाको वडा नं ३ मा रु नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी सुरु भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताए ।

“अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन”, उनले भने, “जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई तोकेता ग¥यौँ, साइड क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।”

उनका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि दुईवटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसारे दुई वर्षभित्रै निर्माणकार्य सक्ने गरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो ।

अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हटेर जाने बताइएको छ । नगरपालिकामा हालसम्म दुईवटा स्वास्थ्यचौकी, दुईवटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चलनमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु
पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
क्रिकेटर सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध
क्रिकेटर सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
बृद्धभत्ता ५ हजार पुराउने सरकारको तयारी
बृद्धभत्ता ५ हजार पुराउने सरकारको तयारी
आज साँझ चन्द्रग्रहण, ९ बजेपछि खान र सुत्न पनि नमिल्ने
आज साँझ चन्द्रग्रहण, ९ बजेपछि खान र सुत्न पनि नमिल्ने
हावाहुरी पीडित भन्छन् : राहतभन्दा आहत बढी
हावाहुरी पीडित भन्छन् : राहतभन्दा आहत बढी

तपाईंले छुटाउनुभयो कि?