खुकुरी प्रहार गरी वृद्धको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १४, २०७९
|
|
३७ पटक हेरिएको
Shares
खुकुरी प्रहार गरी वृद्धको हत्या

सारांश

  • रामेछाप ।
  • रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ ।
  • बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो ।

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो ।

खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट उनको टाउकोमा गहीरो चोट लागेको थियो ।

श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौं गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए । नातिनीहरु घर बाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रममन्त्री गोकर्ण विष्टको निर्देशनमा यी कर्मचारीले हाजिर गर्न नपाउने, नाम सहित
श्रममन्त्री गोकर्ण विष्टको निर्देशनमा यी कर्मचारीले हाजिर गर्न नपाउने, नाम सहित
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
गोमेजको ह्याट्रिक, रेलिगेसनको अलाभेसको तेस्रो जित
गोमेजको ह्याट्रिक, रेलिगेसनको अलाभेसको तेस्रो जित
एसिसी यु १९ : टस जितेर फिल्डिङ गर्दै नेपाल
एसिसी यु १९ : टस जितेर फिल्डिङ गर्दै नेपाल
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
– प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने ,
– प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने ,
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?
रोशन यादवको छाती र वायाँ हातमा धारिलो छुरा प्रहार, गम्भिर घाइते
रोशन यादवको छाती र वायाँ हातमा धारिलो छुरा प्रहार, गम्भिर घाइते
भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने