सुन तस्करी प्रकरणमा एसएसपी श्याम खत्री जेल चलान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणमा एसएसपी श्याम खत्री जेल चलान

सारांश

  • अस्बिन खड्का, १७ जेठ ।
  • सुन तस्करी प्रकरणका  अभियुक्त एसएसपी श्याम खत्री पुर्पक्षका लागि जेल चलान भएका छन्।
  • मोरङ जिल्ला अदालतमा बिहिबार (आज)  भएको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले जेल चलानको आदेश दिएको हो।

अस्बिन खड्का, १७ जेठ । सुन तस्करी प्रकरणका  अभियुक्त एसएसपी श्याम खत्री पुर्पक्षका लागि जेल चलान भएका छन्।

मोरङ जिल्ला अदालतमा बिहिबार (आज)  भएको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले जेल चलानको आदेश दिएको हो।  सुन तस्करीसँग जोडिएका २९ जना अभियुक्त जिल्ला अदालतको आदेशले थुनामा गएपछि मुख्य आरोपीमध्ये एक खत्रीको खोजीमा प्रहरीले रेड कर्नर नोटिससमेत जारी गरेको थियो।

उनले आजै जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए। सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त भनिएका चूडामणि  खत्रीले विमानस्थलमा रहँदादेखि सम्पूर्ण सुन भित्र्याउने गरेको बयान दिएका थिए। खत्रीले एक किलो सुन पास गराउँदा ५० हजार रुपैयाँ लिने गरेको पनि गोरेले बयान दिएका थिए।

खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयानमा उल्लेख छ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ। उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
३८० सांस्कृतिक सम्पदा पुनर्निमाण
३८० सांस्कृतिक सम्पदा पुनर्निमाण
लामिछानेलाई पोखरा पुर्‍याइयो, आइतबार अदालतमा पेश गरिने
लामिछानेलाई पोखरा पुर्‍याइयो, आइतबार अदालतमा पेश गरिने
ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध
ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध
जनचाहनानुसार काम गर्दा स्थानीय तहमा विकास हुने
जनचाहनानुसार काम गर्दा स्थानीय तहमा विकास हुने
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष दाहाल
नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष दाहाल
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै
‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

तपाईंले छुटाउनुभयो कि?