माओवादी प्रदेश कमिटी सदस्यसहित ६० जनाले दिए सामूहिक राजीनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २८, २०७९
|
|
२१ पटक हेरिएको
Shares
माओवादी प्रदेश कमिटी सदस्यसहित ६० जनाले दिए सामूहिक राजीनामा

सारांश

  • काठमाडौ ।
  • निर्वाचनको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य सहित ६० जनाले पार्टी परित्याग गरेका छन्।
  • पार्टीले विचार, नीति,तथा सिद्धान्त लाई छोडी विसर्जनवादतिर उन्मुख हुँदै गएको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।

काठमाडौ । निर्वाचनको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य सहित ६० जनाले पार्टी परित्याग गरेका छन्।

पार्टीले विचार, नीति,तथा सिद्धान्त लाई छोडी विसर्जनवादतिर उन्मुख हुँदै गएको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।

शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरुले सामुहिक राजीनामाको घोषणा गरे। पार्टी परित्याग गर्नेमा नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य वीरबहादुर गोलेसहित,प्रस्तावित मधेश प्रदेश कमिटी सदस्य टेकनाथ खरेल, चन्द्रपुरका उपाध्यक्ष रामबहादुर घलान, वाइसिएल मधेश प्रदेश कमिटी सदस्य विशाल जर्गा, वाइसिएल चन्द्रपुर नगर कमिटीका अध्यक्ष रमेश गोलेलगायत छन्।

उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा माओवादीका मूख्य नेताहरुले पटक–पटक ठूलो गल्ती कमजोरिहरु दोहोर्याउँदै आईरहेको उल्लेख गरिएको छ ।

सामूहिक राजीनामापछि पत्रकारसँग कुरा गर्दै माओवादीका मधेश प्रदेश कमिटी सदस्य गोलेले आफूहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई कुनै पनि सर्तमा सहयोग नगर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?