हिमालयन ट्राभल मार्ट जेठमा हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १६, २०७९
|
|
२७ पटक हेरिएको
Shares
हिमालयन ट्राभल मार्ट जेठमा हुने

सारांश

  • काठमाडौँ ।
  • पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ ।
  • प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो ।

काठमाडौँ । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो अवसरमा हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मार्ट कोसेढुङ्गा बन्नेमा विश्वास व्यक्त गरेको पाटा नेपालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डले देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरु सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।

नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रुपमाविकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त लक्ष्य हासिल गर्नका लागिपूर्वाधार सुधार, सडक विमानस्थल र अन्ययातायात सुविधाको विकास र स्तरोन्नति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढिकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहनका लागि सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ ।

मार्टका आवश्यक पूर्वतयारी, अन्तर्राष्ट्रिय स्रोत बजारमा प्रचारप्रसार तथा व्यवस्थापन गरिरहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुतिचन्द ठाकुरले बताए । उनका अनुसार हालसम्म ३० देशका ५० भन्दा बढी क्रेताहरु र २० वटा बिक्रेताहरूले सहभागिताका लागि दर्ता गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न सरकारको स्वीकृति
जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न सरकारको स्वीकृति
अोलीको कटाक्ष- प्रधानमन्त्री हडबडाउनु भो, पुरानो बानी हो
अोलीको कटाक्ष- प्रधानमन्त्री हडबडाउनु भो, पुरानो बानी हो
फ्रेन्च कप फुटबल : पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा
फ्रेन्च कप फुटबल : पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा
विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश
यस्तो छ तक्मे बुढाको गोप्य कुरा जुन दर्शकलाई थाहा छैन् !
यस्तो छ तक्मे बुढाको गोप्य कुरा जुन दर्शकलाई थाहा छैन् !
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
कांग्रेस केन्द्रीय समितिको बैठकमा  ‘नोट अफ डिसेन्ट’ !
कांग्रेस केन्द्रीय समितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ !
पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न
परिवार नियोजन गर्न गएकी महिलाको आन्द्रा काटियो
परिवार नियोजन गर्न गएकी महिलाको आन्द्रा काटियो

तपाईंले छुटाउनुभयो कि?