राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीले भेटवार्ता गर्नुभयो ।
  • भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सभामुख हुनुभएकोमा डा अल कुबैसीलाई बधाई दिँदै युएईको सरकारी संरचनामा ७० प्रतिशत तथा राजनीतिमा ३० प्रतिशत स्थान महिलाले प्राप्त गरेकोमा प्रशंसा गर्नुभएको राष्ट्रपतिका विकास मामिलाका स्वकीय सचिव डा विमला राई पौड्यालले बताउनुभयो ।
  • राष्ट्रपति भण्डारीले नेपालमा पनि संविधानअनुसार प्रतिनिधिसभा तथा प्रादेशिकसभा निर्वाचनमार्फत संघीय संरचना कार्यान्वयन भएपछि महिलाले निर्णय गर्ने स्थानको ४० प्रतिशत भाग ओगट्ने उल्लेख गर्नुभएको स्वकीय सचिव राईले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीले भेटवार्ता गर्नुभयो ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सभामुख हुनुभएकोमा डा अल कुबैसीलाई बधाई दिँदै युएईको सरकारी संरचनामा ७० प्रतिशत तथा राजनीतिमा ३० प्रतिशत स्थान महिलाले प्राप्त गरेकोमा प्रशंसा गर्नुभएको राष्ट्रपतिका विकास मामिलाका स्वकीय सचिव डा विमला राई पौड्यालले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा पनि संविधानअनुसार प्रतिनिधिसभा तथा प्रादेशिकसभा निर्वाचनमार्फत संघीय संरचना कार्यान्वयन भएपछि महिलाले निर्णय गर्ने स्थानको ४० प्रतिशत भाग ओगट्ने उल्लेख गर्नुभएको स्वकीय सचिव राईले जानकारी दिनुभयो ।

उक्त अवसरमा युएईका सभामुख डा. अल कुबैसीले पनि राष्ट्रपति भण्डारी प्रथम नेपाली महिला राष्ट्रपति हुनुभएकोमा वधाई दिँदै यस भ्रमणबाट दुई मुलुकबीच सहयोगको क्षेत्र अझै विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । भेटवार्तामा आपूर्ति मन्त्री जयन्त चन्द पनि उपस्थित हुनुहुन्थ्यो ।

उक्त अवसरमा युएईका अन्य केही सांसदहरूको पनि उपस्थिति थियो भने नेपालका लागि युएईका राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनका साथै राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले धान रोप्दै भने:  फेरि एक नम्बर पार्टी बनाउँछु
देउवाले धान रोप्दै भने: फेरि एक नम्बर पार्टी बनाउँछु
यी सुन्दर अभिनेत्रीले गरिन् अर्को खुलासा
यी सुन्दर अभिनेत्रीले गरिन् अर्को खुलासा
‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’
‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’
प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न
प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न
पूजा शर्मा भन्छिन् ‘कलाकारको भ्यालु नबुझेर देश पछि प¥यो’
पूजा शर्मा भन्छिन् ‘कलाकारको भ्यालु नबुझेर देश पछि प¥यो’
कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!
कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!
काठमाडौँ उपत्यकाका एकैदिन ३० जनामा देखियो कोरोना
काठमाडौँ उपत्यकाका एकैदिन ३० जनामा देखियो कोरोना
डलरको भाउ बढ्यो
डलरको भाउ बढ्यो
सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड
सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल

तपाईंले छुटाउनुभयो कि?