विश्वभरका सैनिकको ध्यान चीनको उहानमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १, २०७६
|
|
४५ पटक हेरिएको
Shares
विश्वभरका सैनिकको ध्यान चीनको उहानमा

सारांश

  • उहान ।
  • विश्वका सैनिकको ध्यान यतिखेर महाशक्ति राष्ट्र चीनको उहानतर्फ केन्द्रित भएको छ ।
  • सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता शुक्रबारदेखि यहाँ शुरु हुँदैछ ।

उहान । विश्वका सैनिकको ध्यान यतिखेर महाशक्ति राष्ट्र चीनको उहानतर्फ केन्द्रित भएको छ । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता शुक्रबारदेखि यहाँ शुरु हुँदैछ । उक्त प्रतियोगितामा भाग लिन १०५ मुलुकका उच्चस्तरीय प्रतीरक्षा अधिकारी, सैनिक र खेलाडी उहान आइपुगिसकेका छन् ।

इन्टरनेशनल मिलिटरी स्पार्टस् काउन्सिल (सिआइएसएम) को समयन्वयमा यस पटकको गृष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो । प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ ।

विश्वका सैनिकबीच हुने यस खेल प्रतियोगितालाई ठूलो तथा शक्तिराष्ट्रले निकै चासोका साथ हेर्ने गरेको पाइन्छ । खेल विधामा ४० नेपालीसहित विश्वका १० हजार ७१९ सैनिक खेलाडीले यस प्रतियोगिता प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेको काउन्सिलका पदाधिकारीको आज बसेको बैठकमा जानकारी दिइयो । उहान शहर होलहरु अहिले विदेशी खेलाडीले भरिभराउ भएको छ ।

मस्कट ‘वीङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामाकरण गरिएको छ । नेपालसहित विश्वका १०५ मुलुकमा १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

यस खेलकूद प्रतियोगितालाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रुपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो । उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिता सञ्चालन हुने सबै स्थानमा मोटरबाट ३४० मिनेटभित्रै पुग्न सकिने दूरीमा रहनेछन् । ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई ‘शान्ति र मैत्रीका तारा’ नाम दिइएको छ भने ट्रफीलाई ‘शान्तिको प्रतीक’को संज्ञा दिइएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
कुन मन्त्रीहरुको सम्पत्ति कति ? सबैभन्दा धनि मन्त्री रघुबीर महासेठ !
कुन मन्त्रीहरुको सम्पत्ति कति ? सबैभन्दा धनि मन्त्री रघुबीर महासेठ !
रविन्द्र मिश्रले पार्टीको नाम जुराए
रविन्द्र मिश्रले पार्टीको नाम जुराए
गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
Janhvi Kapoor and Ishaan Khattar’s chemistry in ‘Dhadak’ title track will win your hearts, watch
Janhvi Kapoor and Ishaan Khattar’s chemistry in ‘Dhadak’ title track will win your hearts, watch
हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने
हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने
बेलायतमा सुनकको पार्टीको लज्जास्पद हार हुने प्रक्षेपण
बेलायतमा सुनकको पार्टीको लज्जास्पद हार हुने प्रक्षेपण
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
खेलमा पस्ने वित्तिकै खेलाडी च्याम्पियन हुँदैन : प्रधानमन्त्री ओली
खेलमा पस्ने वित्तिकै खेलाडी च्याम्पियन हुँदैन : प्रधानमन्त्री ओली